close

आफ्नो जोडीको गतिविधि निगरानी गर्ने एप

टेकपाना टेकपाना

फागुन ५, २०७६ १५:१२

आफ्नो जोडीको गतिविधि निगरानी गर्ने एप

एजेन्सी । फिल्महरुमा देखाइए जस्तो स्पाईवेयर प्रविधि ह्याकरहरुले मात्र प्रयोग गर्दैनन् । वास्तवमा स्टाकरवेयर प्रविधि आज जसलाई ‘स्पाउसवेयर’ पनि भनिन्छ ।

यो आज एउटा एप बनिसकेको छ । यो एपबाट प्रयोगकर्ताले रिमोटले जस्तै अर्को व्यक्तिको क्रियाकलाप निगरानी गर्नसक्छ । यो एप एउटा खतरनाक हतियार बनिसकेको छ, जसले व्यक्तिको गोपनीयताबाट उसलाई नङ्ग्याउँदैछ । 

एन्टिभाइरस प्रदायक नोर्टन लाइफ लकले दिएको सर्वेक्षण प्रतिवेदन अनुसार प्रत्येक दशमध्ये एक अमेरिकी नागरिकले उक्त स्टकवेयरलाई आफ्नो पार्टनरको गोप्य म्यासेज, फोनकल, डाइरेक्ट म्यासेज, इमेल र फोटोहरु निगरानी गर्न प्रयोग गरेको स्विकार गरेका छन् । 

अनुसन्धानकर्ताहरुका अनुसार महिलाहरुको तुलनामा दुई गुणा बढि यो प्रविधिलाई पुरुषहरुले प्रयोग गर्दै आईरहेका छन् । यो प्रविधिबाट महिला ठूलो जोखिममा रहेको सर्वेक्षणको रिपोर्टले देखाएको छ । महिलाहरुको भौतिक लोकेसन वा क्रियाकलापबाट उनीहरुको पुरुषसाथीले सबै कुराहरुको निगरानी राख्ने गरेको बताइएको छ । 

२०१८ मा कोर्नेल विश्वविद्यालयले दर्जनौं स्टकरवेयरहरु सजिलै उपलब्ध रहेको बताएका छन् । यद्यपी अधिकांश त्यस्ता एपहरु भने दोहोरो प्रयोजन जस्तै बालबालिका सुरक्षाका लागि तथा चोरी निगरानीका लागि प्रयोगमा आउने गरेको बताइन्छ । तर त्यस्ता एपलाई सजिलै मानिसहरुले आफ्नो पार्टनरको गुप्तचरी गर्न समेत प्रयोग गरेका छन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१