close

अब टेलिकमको पोष्टपेडमा आफैले आईएसडी सुविधा सुरु गर्न सकिने

टेकपाना टेकपाना

फागुन ५, २०७६ १३:४०

अब टेलिकमको पोष्टपेडमा आफैले आईएसडी सुविधा सुरु गर्न सकिने

काठमाडौं । नेपाल टेलिकमले जीएसएम तथा सीडीएमए पोष्टपेड मोबाइलमा अन्तर्राष्ट्रिय कलका लागि ‘आईएसडी’ सुविधा दिँदै आएको छ । जुन सेवा अब प्रयोगकर्ता आफैले सहजै लिन सक्ने भएका छन् ।

टेलिकमले यस अघि यो सेवा सुचार गर्न कार्यालयसम्म पुग्नुपर्ने बाध्यताको अन्त्य गरेको हो । सेवा आफै सुचारु गराउनका लागि एउटा पिन नम्बर भने आवश्यक पर्छ । टेलिकमका अनुसार आईएसडी सुविधा लिन जीएसएम मोबाइलका लागि ‘००००’ र सीडीएमए मोबाइलका लागि ‘१२३४’ डिफल्ट पिन नम्बर हुन् ।

जीएसएम मोबाइलमा आफ्नो पिन नम्बर प्रयोग गरी आईएसडी सेवा सुचारु गर्नका लागि प्रयोगकर्ताले ‘#३३१*पिन#’ डायल गर्नुपर्छ । सेवा बन्द गर्न ‘#३३१*पिन#’ डायल गर्नु पर्ने हुन्छ। साथै आफ्नो आईएसडी सेवा खुला वा बन्द रहेको जानकारी लिनका लागि *#३३१# डायल गर्न सकिन्छ ।

यदि तपाईं आफ्नो अकाउण्टको सुरक्षा चाहनुहुन्छ भने सुरक्षाका लागि डिफल्ड पिन नम्बर परिवर्तन गरी आफ्नो इच्छाअनुसारको पिन नम्बर राख्न सक्नुहुनेछ । जीएसएम पोष्टपेड मोबाइलमा पिन नम्बर परिवर्तन गर्नका लागि ‘**०३*३३१*पुरानाे पासवर्ड*नयाँ पासवर्ड#’ डायल गर्नुपर्ने हुन्छ ।

साथै सीडीएमए पोष्टपेड मोबाइलमा पिन नम्बर परिवर्तन गर्न *८१ डायल गर्नुपर्ने टेलिकमले जनाएको छ । टेलिकमका अनुसार आईएसडी सेवा खोल्नका लागि सेवाग्राहीले *८२ डायल गर्नु पर्छ भने सेवा बन्द गर्नको लागि *८२० डायल गर्नु पर्ने हुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१