close

बाँकेदेखि कञ्चनपुरसम्मको इन्टरनेट नेटवर्क परियोजना विवादमा

टेकपाना टेकपाना

फागुन ६, २०७६ १४:५०

बाँकेदेखि कञ्चनपुरसम्मको इन्टरनेट नेटवर्क परियोजना विवादमा

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा फाइबर इन्टरनेट नेटवर्क विस्तारका लागि अगाडि बढाएको टेण्डर आह्वान प्रकृया विवादित बनेको छ । पहिलो चरणको ठेक्का प्रक्रियामै विवाद उत्पन्न भएपछि सार्वजनिक खरीद पुनरावलोकन समितिले नयाँ टेण्डर प्रक्रिया रोक्न निर्देशन दिएको हो ।

यस अघि प्राधिकरणले दाङदेखि कञ्चनपुरसम्मका पाँच ओटै जिल्लामा अप्टिकल फाइबर नेटवर्क तयार पार्न ७ साउनमा पहिलो पटक टेन्डर आह्वान गरेको थियो । उक्त टेन्डरमा महालेखा परीक्षकको कार्यालयले न्युनतम बोलकबोल गर्ने वर्ल्डलिंकको बेरुजु औँल्याएकाे थियाे ।

सोही टेन्डर प्रक्रियामा सहभागि टेकमाइन्डस् प्राली दाेस्राे र भायनेट प्रालीले भने अन्यभन्दा धेरै रकम प्रस्ताव गरेको थियो । तर, यि दुई कम्पनिले प्रस्तावमा कूल लागतको ९१ प्रतिशतभन्दा बढी अनुदान माग गरेका थिए । जसले गर्दा प्राधिकरणले १५ माघमा टेन्डर प्रक्रिया नै रद्द गरेको थियो र पून : फागुन २ मा नयाँ टेन्डर आह्वान गरेको थियो ।

तर टेकमाइन्डले पहिलो चरणकै बोलकबोलका आधारमा आफूले परियोजना पाउनुपर्ने भन्दै सार्वजनिक खरीद पुनरावलोकन समिति समक्ष निवेदन दिएको थियो । सोही निवेदनका आधारमा समितिले हालको नयाँ प्रक्रिया स्थगित गर्न निर्देशन दिएको हो ।

प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोष अन्तर्गत १८ प्याकेजमा देशभर ब्रोडब्याण्ड इन्टरनेटको पुर्वाधार परियोजना अगाडि बढाएको छ । चालु आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष रहेको परियोजनाहरु विवादित बन्दा समयमै सम्पन्न नहुने देखिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१