close

ग्यालेक्सी एस ट्वान्टी प्रीअर्डर गर्दा ख्याल गर्नुहोस् यी कुरा

टेकपाना टेकपाना

फागुन ७, २०७६ १२:१७

ग्यालेक्सी एस ट्वान्टी प्रीअर्डर गर्दा ख्याल गर्नुहोस् यी कुरा

एजेन्सी । सामसङ ग्यालेक्सी एस ट्वान्टी, एस ट्वान्टी प्लस र एस ट्वान्टी अल्ट्रा विश्व बजारमा सार्वजनिक भइसकेको छ । यो वर्षकै बहुप्रतिक्षित मानिएका यी तीनओटै फोन पावर प्याक्ड भेरियन्टमा सार्वजनिक भएका छन् ।

यो फोन बजारमा मार्च ६ तारिखबाट उपलब्ध हुनेछ । तर, यसको प्रीअर्डर खुल्ला भइसकेको छ । त्यसैले यो फोनलाई खरिद गर्नु अघि तपाईंले केही कुराहरु विचार गर्न भने आवश्यक छ ।

प्री अर्डरमा बोनसः

ग्यालेक्सी बड प्लस, सामसङ क्रेडिट लगायत अर्डर गर्ने व्यक्तिको स्थान अनुसार सामसङले विभिन्न बोनस ल्याएको छ । कम्पनीले दुई सय डलर क्रेडिटदेखि निःशूल्क एसेसरिज उपलब्ध गराउने छ ।

सामसङले बोनस स्वरुप उपलब्ध गराउन लागेको सामसङ ग्यालेक्सी बड प्लस एकदमै आकर्षक छ । यसअघि सार्वजनिक भएको सामसङको पहिलो ट्रु वायरलेस बडभन्दा यसमा धेरै अपग्रेड गरिएको छ ।

ट्रेड ईन छूट :

सामसङको ट्रेड इन प्रोग्राम बजारमा पहिलेदेखि नै उत्कृष्ट रणनीति मानिन्छ । सामसङले पुनः यो रणनीतिलाई ट्रेड इन प्रि अर्डर प्रोमोमा पनि अवलम्बन गर्दैछ । यसअन्तर्गत सामसङले एस ट्वान्टीको सम्पूर्ण भेरियन्टमा ७०० डलर छूट दिन्छ ।

प्रतिस्पर्धी कम्पनीहरु यो स्तरमा पुगेका छैनन्

ग्यालेक्सी एस ट्वान्टी रेञ्जको यो फोन २०२० को सुरुवाती चरणमा एउटा मात्र महत्वपूर्ण, ब्लेडिङ एज एन्ड्रोइड फ्ल्यागसिप फोन रहने छ । केही महिनासम्म यो स्तरको फोन अमेरिकी बजारमा मात्रै रहनेछ ।

ह्वावेको पी फोर्टी सिरिजको फोन दुई महिनाभित्र आउने अनुमान गरिएको छ । सामसङको यो मोडलको प्रमुख प्रतिस्पर्धी स्मार्टफोन भनेको एप्पलको २०२० आईफोन रेन्जहरु पनि हुन् ।

प्रि अर्डर गर्न नहुने तीन कारण

ग्यालेक्सी जेड फ्लिपको तुलनामा महंगो मूल्य

ग्यालेक्सीको एस ट्वान्टी सिरिजका फोन एन्ड्रोइड स्मार्टफोन मूल्यका हिसाबले टपमा आउँछ । सुपर प्रिमियम, हाई इण्ड, र सामसङ ब्याकिङमा यो एउटा उत्कृष्ट नमुना हो । तर यसलाई प्री अर्डर गर्दा तिर्नुपर्ने हजार डलरमाथिको रकम सबैसँग हुँदैन ।

सामसङ कम्पनीले ग्राहक तान्न जतिसुकै बोनसको व्यवस्था गरेपनि यसको प्राइस ट्याग महंगो नै छ ।
एस ट्वान्टी अल्ट्राको मूल्य १४ सय डलरभन्दा माथि रहेको छ । जसले यो फोनलाई इन्नोभेसनको अर्कै अनुभव दिलाउने फोल्डेबल फोनको रेन्जमा उभ्याएको छ ।

हालसम्म रिभ्यू आएको छैन :

प्रविधि खरिद गर्नका लागि धेरै जानकारी र ज्ञानको आवश्यक पर्छ जसका लागि हामीजस्ता प्रयोगकर्ताहरु टेक तथा ग्याजेट रिभ्यूमा निर्भर हुने गर्छौं । कहिलेकाँही रिभ्यू नहेरी खरिद गरेको सामानले सोचेजस्तो राम्रो परिणाम दिनसक्दैन ।

यसकारण कुनै पनि किसिमको आधिकारिक रिभ्यू नआएसम्म ग्यालेक्सी एस ट्वान्टी सिरिजले आफ्नो नयाँ चिपसेटमा कसरी काम गर्छ वा सोलिड ब्याट्रीले कस्तो प्रदर्शन गर्छ भन्ने कुरा थाहा नपाई यसको प्रि अर्डर गर्न मूर्खता हुनेछ ।

मूल्य घट्नेछ :

फोनहरुको मूल्य घट्ने कुरा सबैलाई थाहा छ । हालै सार्वजनिक भएको ५१२ जीबी स्टोरेज रहेको फोन ग्यालेक्सी नोट टेन प्लसको मूल्य २०१९ को अगस्टमा १२ सय डलर रहेको थियो जुन अहिले ९९९ डलर मा झरेको छ ।

एस ट्वान्टीको स्टिकर प्राइसबाट त्यत्ति चाँडै घट्ने दखिदैँन । तर केही समय पर्खिएको खण्डमा केही अपडेटेड र सस्तो मूल्यमा यो फोन उपलब्ध हुनसक्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१