close

जलवायु परिवर्तन विरुद्ध अमेजनका मालिक बेजोसको ११ खर्ब ४२ अर्ब

टेकपाना टेकपाना

फागुन ७, २०७६ ११:८

जलवायु परिवर्तन विरुद्ध अमेजनका मालिक बेजोसको ११ खर्ब ४२ अर्ब

एजेन्सी : अमेजनका मालिक जेफ बेजोसले जलवायु परिवर्तन विरुद्ध लड्न १० अर्ब अमेरिकी डलरसहयोग गर्ने भएका छन् । त्यसका लागि उनले ‘बेजोस अर्थ फण्ड’ बनाएका छन् । यसबारे उनले आफ्नो आधिकारिक इन्स्टाग्राम अकाउण्टमार्फत जानकारी दिएका छन् ।

‘आजबाट मैले बेजोस अर्थ फण्ड सञ्चालनमा ल्याएको छु’, उनले आफ्नो इन्स्टाग्राममा लेखेका छन्, ‘जलवायु परिवर्तन विश्वको सबैभन्दा ठूलो समस्या हो । म त्यसमा मिलेर काम गर्न चाहान्छु । यो फण्ड यस क्षेत्रमा काम गर्ने वैज्ञानिक, अभियान्ता र संस्थाका लागि उपलब्ध हुनेछ, जसले विश्वको वातावरणलाई बचाउन मद्दत पुर्‍याएका छन् र बचाउन लागिपरेका छन् । त्यस्ता कम्पनी, अन्तर्राष्ट्रिय संस्था र व्यक्ति यसको सहयोगको लागि यो फण्ड सञ्चालनमा ल्याइएको हो ।’

त्यसको लागि बेजोसले १० बिलियन अमेरिकी डलर अर्थात ११ खर्ब ४१ अर्ब ९० करोड भन्दा बढी फण्ड बनाएका छन् । भने, आउँदो समरबाट यो फण्ड वितरण हुने उल्लेख गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१