close

प्रविधि बजारमा यस्तो असर पार्दैछ कोरोना भाइरस

टेकपाना टेकपाना

फागुन ६, २०७६ १६:२४

प्रविधि बजारमा यस्तो असर पार्दैछ कोरोना भाइरस

काठमाडौं । सामान आपूर्तिको विश्लेषण गर्ने संस्था ‘ट्रेन्डफोर्स’ ले प्रविधि बजारमा देखिएकाे नोवल कोरोना भाइरसकाे असरबारे प्रतिवेदन सार्वजनिक गरेको छ ।

कोरोना भाइरस प्रविधि कम्पनीका लागि एउटा ठूलो समस्याको रुपमा देखा परिसकेको छ । त्यसको एउटा उदाहरण हो विश्वको सबैभन्दा ठुलो प्रविधिको एक्स्पो ‘मोबाइल वर्ल्ड कंग्रेस २०२०’ रद्द हुनु ।

उक्त संस्थाले टेक कम्पनी र उद्योग दुबैका आधारमा अध्ययन प्रतिवेदन सार्वजनकि गरेको छ । एप्पल, गुगल लगायतका कम्पनीमा परेको असर बारेपनि प्रतिवदेनमा उल्लेख छ । त्यसमध्ये केही जानकारी तल उल्लेख गरिएको छ ।

१. यो वर्ष मोबाइल उत्पादन अघिल्लो वर्षको तुलानमा १२ प्रतिशतले घट्नेछ भने यो त्रैमासिक विगत पाँच वर्षको तुलनामा सबैभन्दा कमजोर त्रैमासिक हुनेछ । कतिपय सामग्री जस्तै, क्यामरा मोड्युल्स लगायतका सामग्रीको अभाव सिर्जना हुने प्रतिवेदनमा उल्लेख छ ।

२. धेरैजसो फाइबर अप्टिक्स आपूर्तिकर्ता चीनको युआनमा आधारित छन् । जहाँबाट कोरोना भाइरसको सुरुवात भएको हो । त्यहाँबाट मात्रै विश्वको २५ प्रतिशत फाइबर अप्टिक्स उत्पादन हुने गरेको छ । यसले चीनको फाइभजी विस्तारमा समेत असर पर्नेछ ।

३. डीआरएएम र एनएएनडी जस्ता फ्ल्यासको बजारमा पनि असर पर्ने उल्लेख गरिएको छ । जसको असर सामसङ लगायतका कम्पनीमा देखिने छ । तर, भिडियो गेम निर्माता कम्पनीमा भने कोरोनको असर नपर्ने उल्लेख गरिएको छ ।

४. स्मार्टवाच, ल्यापटप र स्मार्ट स्पिकरको बजारमा यसको प्रभव सबैभन्दा बढी पर्नेछ । प्रतिवेदनका अनुसार स्मार्टवाचको बजार १६ प्रतिशले घट्नेछ ।

अध्ययन प्रतिवदेनकाे पूर्णपाठ

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१