close

डिशहोम ‘डिलर दाइको डिस्काउण्ट योजना’मा दुई जनालाई १ लाख पुरस्कार

टेकपाना टेकपाना

फागुन ७, २०७६ १७:३६

डिशहोम ‘डिलर दाइको डिस्काउण्ट योजना’मा दुई जनालाई १ लाख पुरस्कार

डिशहोमको डिलर दाइको डिस्काउण्ट योजनामा दुई जनाले प्रतिव्यक्ती एक लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । माघ २७ देखि फाल्गुन १ सम्म फण्ड ट्रान्सफर गरी वार्षिक रिचार्ज गर्ने ग्राहकहरु मध्येबाट लाइभ लक्की ड्रमार्फत दुई जनालाई विजेता घोषणा गरिएको हो ।

योजना अनुसार फाल्गुन २ गते शुक्रबार साँझ ५ बजे डिशहोमको शोकेस च्यानल नम्बर १०० बाट लाइभ लक्की ड्र कार्यक्रमको प्रसारण गरिएको थियो । पहिलो लाइभ लक्की ड्रबाट विजयी कावाशोती, नवलपरासीका सुदीप मरासिनी र पोखरा कास्कीकी बिनिता गुरुङले प्रति व्यक्ति एक लाख रुपैयाँ नगद उपहार प्रदान गरिनेछ ।

अबको लक्की ड्र आउँदो फाल्गुन ९ गते शुक्रबार साँझ सोहि च्यानलबाट प्रसारण गरिने डिशहोमले जानकारी दिएको छ । फाल्गुन २ गते शुक्रबार देखि ८ गते बिहीबार सम्म फण्ड ट्रान्सफरबाट वार्षिक रिचार्ज गर्ने ग्राहकहरुलाई आउने लक्की ड्रमा समावेश गरिनेछ । थप जानकारीका लागि डिशहोमका डिलरहरुमा सम्पर्क राख्न सकिनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१