close

एन्ड्रोइड र विण्डोजका लागि भीपीएन एप ल्याउँदै मोजिल्ला फायरफक्स

टेकपाना टेकपाना

फागुन ८, २०७६ १२:४१

एन्ड्रोइड र विण्डोजका लागि भीपीएन एप ल्याउँदै मोजिल्ला फायरफक्स

मोजिल्ला फायरफक्स ब्राउजरले एन्ड्रोइड र विण्डोज टेनका लागि डेडिकेटेड भीपीएन (भर्चुअल प्राइभेट नेटवर्क) एप ल्याउने भएको छ ।

हाल बेटा भर्सनमा उपल्बध यो एपले वेब तथा सार्वजनिक वाईफाई नेटवर्क प्रयोग गर्दा उचित किसिमको संरक्षण दिने बताइएको छ ।

कम्पनीले गत वर्स सार्वजनिक भएको ब्राउजर एक्स्टेन्सन भर्सनमा निःशूल्क उपलब्ध हुने यो फिचर फायरफक्स ब्राउजर तथा फायरफक्स अकाउण्टबाट १२ घण्टामा एक घण्टा प्रयोग गर्न पाइनेछ । अर्को विकल्पमा ४.९९ अमेरिकी डलरमा डिभाइस भरका लागि पुर्णरुपको भीपीएन सेवा प्राप्त गर्न सकिनेछ ।

यसले विण्डोज टेन, एन्ड्रोइड र क्रोमबुकमा काम गर्ने कम्पनीले जनाएको छ । आईओएसका लागि समेत छिट्टै यो सुविधा आउने बताइएको छ ।

मोजिल्लाका अनुसार प्रिमियम अप्सनले कुनै पनि प्रयोगकर्तालाई निगरानी तथा लग गर्ने छैन । क्लाउडफ्लेरले उपलब्ध गराउने कम्पनीको फ्री भर्सनमा नेटवर्कमा आउन सक्ने दुर्व्यवहार पहिचान तथा नियन्त्रण गर्न २४ घण्टासम्म अस्थायी रुपमा प्रयोगकर्ताको डाटा संकलन गरिने र त्यसपश्चात स्वतः डिलिट हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१