close

फैलिने डिस्प्ले भएको यस्तो स्मार्टफोन ल्याउँदै टीसीएल

टेकपाना टेकपाना

फागुन ८, २०७६ १२:२२

फैलिने डिस्प्ले भएको यस्तो स्मार्टफोन ल्याउँदै टीसीएल

एजेन्सी । सीनेटमा लिक भएको एक तस्विरले टीएसीएल कम्पनीले स्लाइड आउट डिस्प्ले कन्सेप्टमा नयाँ फोन बनाइरहेको देखाएको छ । लिक भएको तस्विरमा देखिए अनुसार यो फोनको डिस्प्लेले एक्सटेन्डेवल डाइनिङ टेबल जसरी काम गर्नेछ । 

यसको तल्लो भागमा पनि अर्को डिस्प्ले रहेको छ । सीनेट स्रोतका अनुसार टीसीएलले उक्त फोनलाई मोबाइल वर्ल्ड कंग्रेसमा प्रदर्शन गर्ने योजना बनाएको थियो । तर उक्त कार्यक्रम कोरोना भाइरसका कारणले रद्द भइसकेको छ । 

लिक भएको तस्विरमा यो डिभाइस एकदमै आकर्षक देखिन्छ । तर योसँगै अझ धेरै प्रश्नहरु पनि जन्मिएका छन् । यदि डिभाइस तन्किने किसिमको होइन रहेछ भने स्क्रिन कसरी तन्किएला भन्ने प्रश्न पनि छ । मनमा उब्जिने अर्को प्रश्न भनेको यदि यो स्क्रिन फस्ट स्क्रिनबाट पनि फैलिएर जान्छ भने स्मार्टफोनको साइजमा आउन यो एकदमै धेरै दोब्रिनुपर्ने हुनुपर्छ । यसको डिजाइनले यो डिभाइस फैलिदाँ फोनको आाधा भाग खाली हुने देखिन्छ ।

मोबाइल वर्ल्ड कंग्रेसमा प्रदर्शनको कुरा आए पनि कार्यक्रम स्थगन पश्चात यो फोन तत्कालै रिलिज हुने खबर आएको छैन । टीसीएलले आफ्नो यो फोनको प्रोटोटाइप धेरै ओटा इभेन्टहरुमा प्रदर्शन गरिसकेको छ । तर प्रयोगकर्ताका लागि कम्पनीले तयारी स्मार्टफोन घोषणा गर्न भने बाँकी छ । 

गत वर्षहरुमा आयोजित विभिन्न इभेन्टहरुमा कम्पनीले उक्त फोनलाई प्रदर्शन गर्दा त्यो केही कमजोर भएको देखिएको थियो । टीएलसीले सार्वजनिक गर्न लागेको यो फोन ट्याबलेट आकारको छ । जुन स्मार्टफोनको आकारमा खुम्चिन सक्छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१