close

सेक्युरिटी प्रेस खरीद प्रक्रिया रोक्न लेखा समितिको निर्देशन

टेकपाना टेकपाना

फागुन ८, २०७६ १४:४२

सेक्युरिटी प्रेस खरीद प्रक्रिया रोक्न लेखा समितिको निर्देशन

संसदको सार्वजनिक लेखा समितिले सेक्युरिटी प्रेस खरिद प्रक्रिया रोक्न सरकारलाई निर्देशन दिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाको कमिसनमा बार्गेनिङ गर्दै गरेको अडियो प्रकरण बाहिरिएसँग लेखा समितिले यस्तो निर्देशन दिएको हो ।

यस अघि अनियमित रुपमा सेक्युरिटी प्रिन्टिङ प्रेसको खरीद प्रक्रिया अगाडि बढाउन लागिएको भन्दै समितिमा उजुरी परेको थियो । बिहीबार सोही विषयमा छलफलको कार्यसूची तय गरेको समितिले थप अनुसन्धान आवश्यक रहको भन्दै तत्कालका लागि खरीद प्रक्रिया नै रोक्न निर्देशन दिएको हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१