close

७० करोड कमिसन प्रकरणमा विवादित सञ्चारमन्त्री बास्कोटाको राजीनामा

टेकपाना टेकपाना

फागुन ८, २०७६ १५:२३

७० करोड कमिसन प्रकरणमा विवादित सञ्चारमन्त्री बास्कोटाको राजीनामा

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले पदबाट राजिनामा दिएका छन् । सेक्युरिटी प्रेस राख्ने विषयमा एक विदेशी कम्पनीका स्थानीय एजेन्टसँग घुस रकम बार्गेनिङ गरिरहेको अडियो सार्वजनिक भएसँगै विवादमा तानिएका मन्त्री बास्कोटाले राजिनामा दिएको विषय सभामुख अग्निप्रसाद सापकोटाले संसदमा जानकारी गराएका हुन् ।

मन्त्री बास्कोटाले आफ्नो बारे प्रश्न उठेको भन्दै फेसबुक पेजबाट समेत प्रधानमन्त्री समक्ष नैतिकताका आधारमा मन्त्री पदबाट राजीनामा दिएको जानकारी गराएका छन् ।

मन्त्री बास्कोटाले विजय मिश्रसँग ७० करोड कमिसनका लागि कुराकानी गरिरहेको अडियो बुधबार राती हाम्राकुरा डटकमले पहिलोपटक सार्वजनिक गरेको थियो । यससँगै सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा यो विषय भाइरल बनेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१