close

आईएफ डिजाइन अवार्ड २०२० को सम्मान नोकियालाई

टेकपाना टेकपाना

फागुन ८, २०७६ १६:१२

आईएफ डिजाइन अवार्ड २०२० को सम्मान नोकियालाई

नोकिया फोनहरु आईएफ डिजाइन अवार्ड २०२० बाट सम्मानित भएका छन् । एमएमडी ग्लोबलले नोकियाका दुई ओटा स्मार्टफोन तथा चार ओटा फिचरफोन आईएफ डिजाइनबाट सम्मानित भएको घोषणा गरेको हो ।

विश्वको सबैभन्दा पुरानो स्वतन्त्र डिजाइन संगठन आईएफ अन्तराष्ट्रिय फोरम डिजाइन (जीएमबीएच) ले आईएफ डिजाइन पुरस्कार दिँदै आएको छ । स्वतन्त्र डिजाइन विशेषज्ञहरु सम्मिलित प्यानलले ५६ देशका सात हजारभन्दा बढी प्रतिस्पर्धीहरुको समीक्षा गरेको थियो ।

आईएफ डिजाइन अवार्ड २०२० बाट सम्मानित फोनहरुमा स्मार्टफोनतर्फ नोकिया ७.२ र नोकिया वान प्लस तथा फिचर फोन तर्फ नोकिया १०५, नोकिया ११०, नोकिया ८०० टफ र नोकिया २७२० फ्लिप रहेका छन् । फरक किसिमको आकर्षक डिजाइन नोकिया फोनको विशेषताको रुपमा रहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१