close

सेक्युरिटी प्रेस अनियमितताका मूख्य योजनाकार विकल पौडेल अमेरिका भाग्दै

गोपाल साउद गोपाल साउद

फागुन ८, २०७६ १७:२०

सेक्युरिटी प्रेस अनियमितताका मूख्य योजनाकार विकल पौडेल अमेरिका भाग्दै

सेक्युरिटी प्रिन्टिङ प्रेसमा ७० करोड रुपैयाँ कमिसनको बार्गेनिङ गरिरहेको फोन रेकर्ड सार्वजनिक भएसँगै विवादमा तानिएका सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले पदबाट राजीनामा दिइसकेका छन् । तर सूचना प्रविधि क्षेत्रका प्रायः सबैजसो ठेक्कापट्टामा अनियमितताका मूख्य शुत्रधार रहेका सुरक्षण मुद्रणका कार्यकारी निर्देशक विकल पौडेल भने अमेरिका भाग्ने योजना बनाइरहेका छन् ।

सञ्चारमन्त्रालय निकट विशेष श्रोतका अनुसार पौडेलले शुक्रबार अमेरिका उड्ने योजनाका साथ हवाई टिकट समेत बुक गराइसकेका छन् । सुरक्षण मुद्रणको अनियमिततामा समेत निवर्तमान मन्त्री बाँस्कोटालाई पौडेलले नै सघाएका थिए । अहिले उनी राष्ट्रिय सूचना प्रविधि केन्द्र अन्तर्गतका ठेक्का पट्टाको लेनदेनको हिसाव मिलाउन शक्रिय रहेको बुझिएको छ ।

पौडेले समेत आफू अमेरिका जान लागेको कुरा स्वीकार गरेका छन् । टेकपानासँगको टेलिफोन कुराकानीमा उनले पुर्वनिर्धारित योजना अनुसार शुक्रबार विहान अमेरिका उड्न लाागेकाे जानकारी दिए । ‘तर अहिलेको प्रकरणमा यो विषयलाई जोडेर अन्यथा नलेखिदिनु होला,’ उनले आग्रह गर्दै भने । पौडेलकी श्रीमती सहित छोराछोरी अमेरिकामै रहेका छन् ।

नेपाल दूरसञ्चार प्राधिकरण अन्तरगतको आईटी ल्याबको १ अर्ब ५० करोड रुपैयाँमै सम्पन्न हुने परियोजनामा निश्चित ठेकेदार कम्पनीले मात्रै सहभागी हुन पाउने गरी स्पेसिफिकेशन तयार पार्ने र परियोजनाको लागत साढे तीन अर्ब रुपैयाँ कायम गर्ने भुमिकामा समेत पौडेल शक्रिय रहेका थिए । यस्तै किसिमको भुमिका उनले इम्बोस्ड नम्बर प्लेटको स्पेसिफिकेशनमा समेत खेलेका थिए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१