close

बास्कोटाको राजीनापछि,सञ्चार मन्त्रालयको जिम्मा खतिवडालाई

टेकपाना टेकपाना

फागुन ८, २०७६ १८:५८

बास्कोटाको राजीनापछि,सञ्चार मन्त्रालयको जिम्मा खतिवडालाई

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्रालयको जिम्मा अर्थमन्त्री युवराज खतिवडालाई लगाइएको छ । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका विषयमा स्वीस कम्पनीका एजेन्टसँग कमिसनका विषयमा छलफल भएको अडियो सार्वजनिक भएपछि मन्त्री गोकुल बास्कोटाले बिहिबार प्रधानमन्त्रीलाई राजीनामा बुझाएका थिए ।

मन्त्री बास्कोटाले बुझाएको राजिनामा स्विकृत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रालयको जिम्मा खतिवडालाई लगाएकी हुन् । त्यस्तै बास्कोटाले सम्हाल्दै आएको शहरी विकास मन्त्रालयको जिम्मा भने भौतिक पूर्वाधारमन्त्री बसन्तकुमार नेम्वाङले सम्हाल्ने भएका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१