close

फिक्स्ड इन्टरनेटमा नेपाल चार स्थान माथि उक्लियो, मोबाइलमा भारतभन्दा अगाडि

टेकपाना टेकपाना

फागुन ९, २०७६ १०:२५

फिक्स्ड इन्टरनेटमा नेपाल चार स्थान माथि उक्लियो, मोबाइलमा भारतभन्दा अगाडि

काठमाडौंः फिक्स्ड इन्टरनेटमा नेपाल चार स्थान माथि उक्लिएको छ । ‘स्पीड टेष्ट ग्लोबल इन्डेक्स’ ले सार्वजनिक गरेको २०२० जनवरीको प्रतिवेदन अनुसार फिक्स्ड इन्टरनेटमा नेपाल चार स्थान फड्को मार्दै ११२ औं स्थानमा उक्लिएको हो ।

स्पीड टेष्ट ग्लोबल इन्डेक्सले विश्वका हरेक देशको मोबाइल तथा फ्रिक्स्ड इन्टरनेटको मासिक अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै आएको छ । उक्त संस्थाले सार्वजनिक गरेको अघिल्लो महिनाको प्रतिवेदको तुलनमा जनवरीमा नेपालले चार स्थान फड्को मार्न सफल भएको हो । नेपालको फिक्स्ड इन्टरनेटमा औषत डाउनलोड स्पीड २१.०५ र औषत अपलोड स्पीड १९.८० एमबीपीएस रहेको छ ।

प्रतिवेदन अनुसार फिक्स्ड इन्टरनेटमा पाकिस्तान, भुटान, इरान लगायतका देश नेपालभन्दा पछि परेका छन् । तर, छिमेकी देश भारत भने नेपालभन्दा निकै अघि देखिएको छ । भारत उक्त लिस्टमा ६६ औं स्थानमा छ । भारत पनि अघिल्लो महिना भन्दा एक स्थान माथि उक्लिएको छ । डाउनलोड स्पीड २०२.२१ एमबीपीएस सहित पहिलो नम्बरमा सिंगापुर रहेको छ । दोस्रोमा हंकङ र तेस्रोमा मोनाको छ ।

अर्कोतर्फ मोबाइल इन्टरनेटमा भने नेपालले भारतलाई पछि पारेको छ । मोबाइल इन्टरनेटमा नेपाल औषत १२.४३ एमबीपीएस डाउनलोड स्पीडका साथ १२७ औं स्थानमा रहेको छ । जब कि भारत ११.५८ एमबीपीएस डाउनलोड स्पीडका साथ नेपाल भन्दा एक स्थान तल रहेको छ । यसमा पहिलो नम्बरमा युएई रहेको छ । युएईमा मोबाइल इन्टरनेटको डाउनलोड स्पीड ८७.०१ एमबीपीएस रहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१