close

रिचार्जमा चमत्कार योजनाका विजेतालाई एनसेलको नगद पुरस्कार

टेकपाना टेकपाना

फागुन ९, २०७६ ११:७

रिचार्जमा चमत्कार योजनाका विजेतालाई एनसेलको नगद पुरस्कार

काठमाडौं । एनसेल प्राइभेट लिमिटेडले आफ्नो ‘रिचार्जमा चमत्कार’ योजना अन्तर्गत बिहीबार मासिक र साप्ताहिक विजेता ग्राहकलाई नगद पुरस्कार हस्तान्तरण गरेको छ । ईलामकी गंगा माया राई र रुपन्देहीका टीकाराम बलाल मगरले जनही १० लाख नगद हात पारेका हुन् ।

आफ्नो कष्टमर लोयल्टी कार्यक्रम अन्तर्गत एनसेलले यो योजना मंसिर १ देखि तीन महिनासम्म सञ्चालन गरेको थियो । राई रिचार्जमा चमत्कार योजना अन्तर्गत दोस्रो महिनाको भाग्यशाली मासिक विजेता हुन् भने मगर तेस्रो महिनाकी मासिक विजेता बनेकी थिइन् ।

यो योजना अन्तर्गत भाग्यशाली ग्राहकले प्रत्येक हप्ता दुई लाख नगद र प्रत्येक महिना १० लाख नगद जित्ने मौका पाएका थिए । बिहीबार तीन भाग्यशाली साप्ताहिक विजेता ग्राहकहरुले पनि जनही २ लाख पुरस्कार ग्रहण गरेको छन् । योजनाको ११ औं हप्ता अन्तर्गत कैलालीका किरेम चौधरी र सुनसरीकी कृतिशा उराँवले जनही दुई लाख रुपैयाँ जिते भने १२ औं हप्ता अन्तर्गत बाराका अरमान देवानले दुई लाख रुपैंयाँ जितेका छन् ।

कलाकार जितु नेपाल र सन्ध्या केसीले बिहीबार एक कार्यक्रम माझ मासिक र साप्ताहिक विजेता ग्राहकलाई नगद हस्तान्तरण गरेका थिए । यस योजना अन्तर्गत ६० भाग्यमानी साप्ताहिक विजेता ग्राहक मध्ये, ३४ जना ग्राहकहरुले आफ्नो नगद पुरस्कार प्राप्त गरिसकेका छन् । बाँकी ग्राहकहरु प्रमाणीकरण प्रक्रियामा रहेको कम्पनीले जनाएको छ ।

यसअघि पुष १६ मा सिराहाका जितेन्द्रकुमार कामतीले यस योजना अन्तर्गत पहिलो मासिक विजेता बन्दै नगद पुरस्कार स्वरुप १० लाख हात पारेका थिए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१