close

यस्तो छ, एन्ड्रोइड इलाभेनको प्रिभ्यु

टेकपाना टेकपाना

फागुन ९, २०७६ ११:४८

यस्तो छ, एन्ड्रोइड इलाभेनको प्रिभ्यु

एजेन्सी । गुगलले बुधबार एन्ड्रोइडको नयाँ भर्सनको पहिलो लुक्स सार्वजनिक गरेको छ । उक्त सफ्टवेयर एन्ड्रोइड इलाभेन हो । हालका लागि यो एउटा प्रिभ्यु भर्सनको रुपमा मात्र रहने छ । यो व्यापकरुपमा रिलिज हुनु अघि डेभलपर्सहरुले यसलाई परीक्षण गर्नसक्ने छन् ।

यो भर्सनमा रहेको एउटा नयाँ फिचरले ‘पिपल ग्रान्ट एप’लाई लोकेसन, माइक्रोफोन र क्यामेरा डेटामा एक पटक पहुँच दिनेछ । तर डेभपलरहरुले सूचनामा फराकिलो पहुँच पाउने छैनन् । नयाँ फिचर अनुसार प्रयोगकर्ताहरुले कुनै एप प्रयोग गर्ने अवधिसम्म मात्र डेभलपरले डेटा पाउनसक्छन् । प्रयोगकर्ताहरु एपबाट बाहिर निस्किएपछि डेभलपरहरुले डेटामा एक्सेस पाउन फेरी अनुमति लिनुपर्छ  ।

यो भर्सनमा भएको अपग्रेडले डेभलपरहरुलाई फाइभजी नेटवर्क स्पीडबाट फाइदा लिन सहयोग गर्नेछ ।एन्ड्रोइड इलाभेनले म्यासेजिङ एपमा पनि सुधार गरेको छ । अब प्रयोगकर्ताहरुले नोटिफिकेसन रिप्लाईमा तस्विर थप्न सक्नेछन् । अन्य एप प्रयोग गरिरहँदा पनि च्याट बबल्सहरु माथि देखा पर्ने हुँदा यसले कुराकानी सहज बनाउँछ ।

नयाँ एन्ड्रोइड भर्सनमा गुगललाई चुनौती पनि छ । व्यक्तिगत फोनमा यो भर्सनलाई राख्न वायरलेस क्यारियर तथा ह्याण्डसेट निर्माताले ढिलो गर्ने देखिन्छ । गुगलले यो मोबाइल सफ्टवेयरलाई थप विस्तृतरुपमा मे महिनामा आयोजना हुने डेभलपर्स कन्फेरेन्समा सार्वजनिक गर्नेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१