close

अब आईफोन प्रयोगकर्ताले गुगल क्रोमलाई डिफल्ड ब्राउजर बनाउन सक्ने

टेकपाना टेकपाना

फागुन ९, २०७६ १४:४८

अब आईफोन प्रयोगकर्ताले गुगल क्रोमलाई डिफल्ड ब्राउजर बनाउन सक्ने

काठमाडौं । एप्पलले आफ्ना आईफोन प्रयोगकर्तालाई थर्ड पार्टी एपलाई डिफल्ट ब्राउजर बनाई ईमेल प्रयोग गर्न दिने भएको छ । हालसम्म आईफोनमा यस्तो सुविधा थिएन ।

यस अघि आईफोनका प्रयोगकर्ताले डिफल्ट ब्राउजरमा सफारी र ईमलेमा एप्पलको आफ्नै इमेल सर्भिस प्रयोग गर्नुपर्ने बाध्यता थियो । प्रयोगकर्ता आफूले चाहेअनुसार ब्राउजर र इमेललाई डिफल्ट बनाउन नसके पनि गुगल क्रोम र जीमेलको एप डाउनलोड गरेर प्रयोग गर्न भने सक्दथे ।

तर, अब भने एप्पल प्रयोगकर्ताले गुगल क्रोमलाई डिफल्ट ब्राउजर र मोइक्रोसफ्ट आउटलुकलाई डिफल्ट ईमेल बनाउन सक्ने गरी एप्पलले काम गरिरहेको ब्लुम्बर्गले उल्लेख गरेको छ ।

ब्लुम्बर्गका अनुसार आईफोनकाे अपरेटिङ सिस्टम आईओएस फोर्टिनमार्फत यो सुविधा उपलब्ध हुनेछ । त्यति मात्र नभएर प्रयोगकर्ताले एप्पलको आफ्नै ब्राउजर र ईमले सर्भिसलाई मोबाइलबाटै डिलिट गर्न सक्ने उल्लेख गरिएको छ । यसरी डिलिट गर्दा मोबाइलमा कुनै असर नपर्ने बताइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१