close

१६ पर्यटकीय क्षेत्रको फ्री वाईफाई परियोजनाको टेन्डर प्रक्रिया नै रद्द

टेकपाना टेकपाना

फागुन १०, २०७६ १९:१८

१६ पर्यटकीय क्षेत्रको फ्री वाईफाई परियोजनाको टेन्डर प्रक्रिया नै रद्द

नियामक नेपाल दूरसञ्चार प्राधिकरणले विभिन्न १६ ओटा धार्मिक तथा पर्यटकीय क्षेत्रमा फ्री वाईफाई उपलब्ध गराउने गरी अगाडि बढाएको टेन्डर प्रक्रिया नै खारेज गरको छ । पूर्वी क्षेत्रमा रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रमा नयाँ २०७७ भीत्र तीब्र गतिको इन्टरनेट सहितको निःशूल्क वाईफाई सेवा दिन अगाडि बढाइएको परियोजनाको टेन्डर बिहीबार रद्द भएको हो ।

प्राधिकरणको करीब १७ करोड रुपैयाँ खर्च गरेर मुलुकका ४१ ओटा धार्मिक तथा पर्यटकीय क्षेत्रमा फ्री वाईफाई विस्तार गर्ने कार्यक्रम अगाडि बढाएको थियो । विभिन्न तीन प्याकेजमा विभाजन गरी पढाइएको परियोजनामा प्याकेज ‘ए’ अन्तर्गतको अन्नपूर्ण सर्किट र मुक्तिनाथ मन्दीर बाहेकका प्याकेज ‘बी’ अन्तरगतको एभरेष्ट बेसक्याम र प्याकेज सीको जानकी तथा पाथिभरा मन्दीर लगायतका क्षेत्रको परियोजनाको टेन्डर प्रक्रिया रद्द भएको प्राधिकरणले जनाएको छ ।

ती क्षेत्रमा न्यूनतम १० एमबीपीएस गतिको डेडिकेटेड तथा ५० एमबीपीएस गतिको लोकल ब्याण्डविथ सहितको इन्टरनेट उपलब्ध गराउने सरकारी योजना छ । वाईफाई विस्तारका लागि गत असोज १० मा प्राधिकरणले इन्टरनेट सेवा प्रदायकबाट आवेदन माग गरेको थियो । तर आवेदन दिने कम्पनीहरु ‘नन् रेस्पोन्सिभ’ देखिएको भन्दै प्राधिकरणले सबै आवेदन रद्द गर्ने निर्णय गरिएको जनाएको छ ।

योजनाअनुसार छनौट हुने सेवा प्रदायकले सम्झौता भएको ६ महिनाभीत्र त्यस्ता ठाउँहरुमा फ्रि वाईफाई उपलब्ध गराउनुपर्ने भनिएको थियो । आगामी २०७६ को वैशाखसम्ममा ती क्षेत्रमा ब्रोडब्याण्ड इन्टरनेट सेवा पुगिसक्ने अपेक्षाका साथ अगाडि बढाइएको परियोजना पहिलो चरणको टेन्डर प्रक्रिया रद्द भएसँगै समय लम्बिने निश्चित भएको छ । प्राधिकरणले अब ती क्षेत्रका लागि नयाँ टेण्डर आह्वान गर्नेछ ।

१६ साइट, जहाँको टेन्डर रद्द भयो


एभरेष्ट बेसक्याम्पलाई आधार मानेर तयार पारिएको दोश्रो प्याकेज अन्तरगत एभरेष्ट बेसक्याम्प, गोरक्षेप, लोबुचे, लुक्ला, मोञ्जो, नाम्चे, फाक्दिङ, फेरिचे र तेङ्बोचेमा इन्टरनेट जडान गर्ने टेण्डर खारेज भएको छ । यसैगरी अन्तिम प्याकेज अन्तरगत जानकी मन्दीर, पाथिभरा मन्दीर, हलेसी महादेव मन्दीर, बराह क्षेत्र, गुरुद्धारा, जामे मस्जिद र पञ्च कस्मिरी तकियाको टेन्डर समेत एक साथ खारेज भएको प्राधिकरणले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०