close

अब एन्ड्रोइड गेम फेसबुकमा लाइभ गर्न सकिने

टेकपाना टेकपाना

फागुन १२, २०७६ १६:३७

अब एन्ड्रोइड गेम फेसबुकमा लाइभ गर्न सकिने

एजेन्सी । फसेबुकमा अब तपाईंको मन पर्ने गेम स्ट्रिम गर्न सकिने भएको छ । उक्त सेवाको लागि हाल फेसबकुले काम गरिरहेको खबर सार्वजनिक भएको छ ।

चिनियाँ डेभलपर जेन म्यानचुन वाङले यसको विषयमा जानकारी सार्वजनिक गरेकी छन् । उनले आफ्नो ट्वीटरमार्फत फेसबुकको पछिल्लो अपडेटबारे जानकारी गराएकी हुन् ।

उनका अनुसार अब तपाईंको एन्ड्रोइड मोबाइलमा भएको गेम तपाईंले फेसबुकमा लाईभ गर्न सक्नु हुनेछ । अहिले पनि विभिन्न गेमले त्यस्तो सुविधा दिँदै आएका छन् । जसमा पब्जी एउटा उदाहरण हो । तर, अब भने फेसबुक आफैले एन्ड्रोइड प्रयोगकर्तालाई उक्त सुविधा उपलब्ध गराउने भएको हो ।

यो सुविधा उपलब्ध भएसँगै प्रयोगकर्ताले आफुले खेल्ने गेम खेलिरहेको लाईभ दृष्य फेसबुकमा अन्य साथिहरुलाई पनि देखाउन सक्नेछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०