close

साओमी एमआई सिरिजको ब्याट्रीमा देखिएको उतार चढाव

टेकपाना टेकपाना

फागुन १२, २०७६ १६:४६

साओमी एमआई सिरिजको ब्याट्रीमा देखिएको उतार चढाव

एजेन्सी । साओमीले भर्खरैमात्र आफ्नो ‘साओमी एमआई’ डिजिटल सिरिजमा नयाँ स्मार्टफोन ‘साओमी एमआई टेन’ सार्वजनिक गरेको छ । ४५०० एमएएच ब्याट्री रहेको फोनमा ५० वाटको वायर चार्जिङ, ३० वाटको वायरलेस चार्जिङ र १० वाटको वायरलेस रिभर्स चार्जिङ सर्पोट छ ।

५ वाटको चार्जिङ सफोर्टका साथ सन् २०११ बाट सुरु भएको साओमी डिजिटल सिरिजको ब्याट्रीमा धेरै उतार चढाव आएका छन् । कहिले ब्याट्रीको क्षमता कम गरिएको छ भने कहिले मोबाइलमा भएको चार्जिङ प्रविधिमा परिवर्तन भएको छ । त्यसैले हामी यहाँ साओमी एमआई १ देखी पछिल्लो उत्पादन साओमी एमआई १० सम्म प्रयोग भएको ब्याट्रीको विषयमा जानकारी दिँदैछौं ।

साओमी एमआई १ –५ वाट चार्जिङ (२०११)

साओमीको एमआई डिजिटल सिरिजको सुरुवात सन् २०११ बाट भएको हो । जसमा १९३० एमएएचको ब्याट्री रहेको थियो । जसमा ५ वाटको चार्जिङ सिस्टम रहेको छ ।

साओमी एमआई २ – ५ वाट चार्जिङ(२०१२)

साओमीले आफ्नो दोस्रो उत्पादनमा पनि ५ वाटको चार्जिङ सिस्टम नै प्रयोग गरेको थियो । तर, कम्पनीले ब्याट्री क्षमता भने बढाएको थियो । फोनमा २००० एमएएचको ब्याट्री प्रयोगमा ल्याइएको थियो ।

साओमी एआई ३– १० वाट चार्जिङ (२०१३)

साओमी एआई ३ बाट पहिलो पटक नन–रिमुभएवल ब्याट्री प्रयोगमा ल्याएको थियो । भने, मोबाइलको ब्याट्री क्षमतालाई पनि एकै पटक भारी मात्रामा वृद्धि गरेको थियो । फोनमा ३०५० एचएएच क्षमताको ब्याट्री प्रयोग भएको छ । जसमा क्यूसी २.० क्विक चार्ज प्रविधिको प्रयोग गरिएको थियो ।

साओमी एमआई ४–१२ वाट चार्जिङ (२०१४)

साओमी एमआई फोर र एमआई थ्रीको ब्याट्री क्षमता उस्तै–उस्तै रहेको छ । ३०८० एमएएच क्षमताको ब्याट्री रहेको फोनमा १२ वाटको ब्याट्री चार्जिङ सिस्टम रहेको छ भने, यो फोन कम्पनीको पहिलो फास्ट चार्ज एडप्टर सहितको आएको थियो ।

साओमी एमआई ५–१८ वाट चार्जिङ (२०१६)

१८ वाट चार्जिङ सिस्टम रहेको फोनमा ३००० एमएएचको ब्याट्री रहेको छ । एमआई थ्री र एमआई फोरभन्दा कम क्षमताको ब्याट्री प्रयोग गरिएको भएतापनि फोनमा उक्त समयको पछिल्लो प्रविधि ‘क्वालकमको क्युसी ३.० चार्जिङ टेक्नोलोजी’ रहेको थियो । यसले मोबाइलको चार्जिङ क्षमतलाई अघिल्लो उत्पादनभन्दा २० प्रतिशत बढाएको थियो । जसमा पहिलो पटक टाइप सी चार्जर प्रयोगमा ल्याइएको थियो ।

साओमी एमआई ६ –१८ वाट चार्जिङ (२०१७)

साओमी एमआई सिक्स पहिलो पटक ३३५० एमएएच ब्याट्री क्षमताका साथ आएको थियो । क्यूसी ३.० फास्ट चार्जिङ रहेको फोनमा १८ वाटको चार्जिङ सिस्टम सपोर्ट रहेको थियो । यसमा पहिलो पटक ‘पीडी’ फास्ट चार्ज पनि प्रयोगमा ल्याइएको थियो ।

साओमी एमआई ८–१८ वाट चार्जिङ (२०१८)

३४०० एमएएच ब्याट्री क्षमता रहेको फोनमा क्यूसी फोर प्लस फास्ट चार्जिङ सिस्टम रहेको फोनमा टाईप–सी चार्जर रहेको छ । जसले १८ वाटको फास्ट चार्ज सपोर्ट गर्ने उल्लेख गरिएको छ ।

सोओमी एमआई ९–२७ वाट चार्जिङ (२०१९)

साओमी एमआई नाइन पहिलो पटक २० वाट वायरलेस चार्जिङका साथ आएको थियो । २७ वाटको वायर चार्जिङ स्टिम रहेको फोनमा ३३०० एमएएचको ब्याट्री क्षमता रहेको थियो । फोनमा क्यूसी फोर प्लस फास्ट चार्जिङ सिस्टम प्रयोग गरिएको थियो ।

साओमी एमआई ९ प्रो–४० वाट चार्जिङ (२०१९)

साओमीले पहिलो पटक साओमी एमआई सिरिजमा प्रो मोडलमा स्मार्टफोन सार्वजनिक गरेको थियो । ४० वाटको वायर, ३० वाटको वायरलेस र १० वाटको रिजर्भ चार्जिङ सिस्टम रहेको छ । ४००० एमएएच क्षमताको ब्याट्री रहेको फोनमा पहिलो पटक टीयूभी सुरक्षित फास्ट चार्ज ३.० मान्यताप्राप्त फास्ट चार्जिङ सिस्टम प्रयोग गरिएको थियो ।

एमआई १० प्रो–५० वाट चार्जिङ (२०२०)

यो स्मार्टफोन कम्पनीले भर्खरैमात्र विश्व बजारमा सार्वजनिक गरेको छ । जसमा ४५०० एमएएचको ब्याट्री छ । जसले ५० वाटको वायर, ३० वाटको वायरलेस र १० वाटको वायरलेस रिजर्भ चार्जिङ सर्पोट गर्दछ । फोनमा एमआई–एफसी फास्ट चार्जिङ प्रविधि प्रयोगमा ल्याइएको छ । जसले गर्दा ४५०० एमएएचको ब्याट्री ६५ मिनेटमा फुल चार्ज हुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०