close

आईफोनका जीमेल प्रयोगकर्ताले अब अरु एपबाटै फाइल अट्याच गर्न सक्ने

टेकपाना टेकपाना

फागुन १३, २०७६ १५:८

आईफोनका जीमेल प्रयोगकर्ताले अब अरु एपबाटै फाइल अट्याच गर्न सक्ने

एजेन्सी । आईओएसमा जीमेल एप प्रयोगकर्ताका लागि फाइल अपलोड गर्न सहज भएको छ । यसअघिको गूगल ड्राइभबाट मात्रै फाइल अट्याच गर्नु पर्ने वाध्यतालाई गूगलले हटाएको छ ।

यससँगै आईओएस प्रयोगकर्ताले एप्पलको ‘फाइल आईओएस एप’ बाट सोझै जीमलेमा फाइल अट्याच गर्न सक्ने छन् । यसको अर्थ अब आईओएस प्रयोगकर्ताले आई क्लाउड, मोबाइलको स्टोरेज र ड्रपबक्स जस्ता सर्भिसबाट सोझै फाइल अट्याच गरी सहजै पठाउन सक्नेछन् ।

G Suite

त्यसका लागि आईओएस प्रयोगकर्ताले सुरुमा ‘अट्याचमेन्ट आइकन’ मा क्लिक गर्नुहोस् । त्यसभित्र ‘अट्याचमेन्ट’ भन्ने सेक्सन रहेको छ । उक्त सेक्सनमा रहेको फोल्डरलाई क्लिक गर्नुहोस । त्यहाँ तपाईंलाई कहाँबाट फाइल अट्याच गर्ने भन्ने अप्सन उपलब्ध गराइएको हुन्छ ।

त्यसमध्ये आफूलाई पायक पर्ने र आफूले अट्याच गर्न खोजेको फाइल भएको स्थानलाई सेलेक्ट गरी फाइल सहजै पठाउन सकिने छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०