close

फोटोको ब्याकग्राउण्ड हटाउने सबैभन्दा सजिलो तरिका

टेकपाना टेकपाना

फागुन १३, २०७६ १२:२८

फोटोको ब्याकग्राउण्ड हटाउने सबैभन्दा सजिलो तरिका

काठमाडौं । फोटोमा ब्याकग्राउण्ड हटाउने कार्य आफैमा झन्झटिलो लाग्छ । फोटोसपमा गएर मिहिन ढंगले व्याकग्राउण्ड हटाउन ज्यादै दिक्क लाग्दो हुन्छ । तर, यति गाह्रो कामलाई पनि एक सेकेन्ड पनि समय नलगाई गर्न सकिन्छ भन्दा विश्वास नलाग्न सक्छ ।

तर, रिमुभ डट बिजी नामक वेबसाइटमा गएर तपाईंले कुनै इमेज अपलोड गर्नुभयो भने त्यसले एक सेकेन्ड पनि समय नलगाई फोटोको ब्याकग्राउण्ड हटाइदिन सक्छ ।

एआई टुलको प्रयोगद्धारा यो वेबसाइटले तपाईंको फोटोको ब्याकग्राउण्ड तत्काल हटाइदिन सक्छ । जसका कारण फोटोसप खोलेर समय बिताउनुपर्ने बाध्यता हुँदैन । बरु फोटोसपमा मेहनत गरेर ब्याकग्राउण्ड हटाउँदा राम्रोसँग नहट्ला तर रिमुभ डट बिजीले भने एकदमै राम्रोसँग यो काम गरिदिनसक्छ । प्रयोगकर्ताले यसमा साइन अप गरेर वा नगरीकनै पनि सेवा लिन सक्छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०