close

आवाज रेकर्ड गर्दा फेसबुकले प्रयोगकर्तालाई पैसा दिने !

टेकपाना टेकपाना

फागुन १२, २०७६ ११:७

आवाज रेकर्ड गर्दा फेसबुकले प्रयोगकर्तालाई पैसा दिने !

एजेन्सी । सामाजिक सञ्जाल फेसबुकले आफ्ना प्रयोगकर्तालाई भ्वाइस रेकर्डिङ गराएर पैसा कमाउन सक्ने नयाँ योजना ल्याएको छ । द भर्जको रिपोर्ट अनुसार फेसबुक कम्पनीले यो नयाँ ‘प्रोनाउन्सेसन’ नामको नयाँ परियोजना भ्यूपोइन्ट रिसर्च एपबाट सञ्चालन गरिरहेको छ । 

फेसबुकले सोसल मिडिया सर्वेक्षण गर्दा उपहार दिन यो एप लञ्च गरेको हो । फेसबुकले प्रति रेकर्डिङ दुई सय पोइन्ट दिने छ । जसमा हजार पोइन्ट बराबर प्रयोगकर्ताले पाँच डलर प्राप्त गर्नेछन् । यसको अर्थ प्रत्येक रकर्डिङमा प्रयोगकर्ताले एक डलर पाउनेछन् । 

प्रोनाउन्सेसन नामको उक्त कार्यक्रम १८ वर्ष माथिका अमेरिकी नागरिकका लागि मात्र उपलब्ध हुनेछ । यसका लागि प्रयोगकर्तासँग ७५ वा त्यो भन्दा धेरै फेसबुक फ्रेण्ड हुनुपर्नेछ । योग्यता पुरा गर्नेले साइनअप गरेपछि, ‘हेई पोर्टल’ केही वाक्यहरु लेख्नुपर्नेछ । साथै प्रत्येक रेकर्डिङमा फेसबुक साथीको पहिलो नाम उच्चारण गर्नुपर्छ । 

फेसबुकले यस्ता रेकर्डिङहरु सामाजिक सञ्जालमा व्यक्तिको प्रोफाइलसँग जोडेर नराख्ने आश्वासन दिएको छ । गत वर्ष गुगल, अमेजन र एप्पल लगायतका कम्पनीहरुले आफ्नो एल्गोरिदमलाई सुधार गर्न मानिसहरुको रेकर्डिङ सुन्ने गरेको पाइएको थियो । तर पछि ती सबै कम्पनीहरुले आफ्नो प्रोजेक्ट बन्द गरेर प्रयोगकर्ताको डेटा डिलिट गर्ने व्यवस्था पनि उपलब्ध गराएका थियो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०