close

मोबाइल एपमा छुट्टाछुट्टै पासवर्ड कसरी राख्ने ?

टेकपाना टेकपाना

फागुन १५, २०७६ १६:०

मोबाइल एपमा छुट्टाछुट्टै पासवर्ड कसरी राख्ने ?

मोबाइलको गोप्यता कसैका लागि ठूलो विषय हुनसक्छ । आफूले खिचेका फोटो, म्यासेजिङ एपमा गरेको च्याट गोप्य राख्ने धेरैको चाहना हुन्छ ।

तर, साथीभाई वा आफन्तले आफ्नो मोबाइलको गोप्य म्यासेज वा फोटो हेर्लान भन्ने डर पनि लागिरहेको हुन्छ । किनकी हाम्रो मोबाइल सधैं हामीसँगै हुँदैन । घरमा राखेको बेला वा कसैले केहीबेर कल गर्नको लागि बोकेको बेला पनि हाम्रो च्याट वा फोटोहरु हेरिदिने सम्भावना हुन्छ ।

मोबाइलमा त सबैले सेक्युरिटी कोर्ड राखेकै हुन्छन् । कसैले प्याटर्न वा कसैले आईडी । तर, यत्तिले मात्रै मोबाइलको प्राइभेसी पूरा हुँदैन । मोबाइल डिभाइसमा भएका विभिन्न एपमा छुट्टाछुट्टै पासवर्ड राखियो भने त्यो बढी प्रभावकारी हुन्छ ।

जसको कारण कसैलाई कल गर्न वा कुनै कामको लागि मोबाइल दिँदा पनि डराइरहनु पर्दैन । किनकी आफूलाई गोप्य राख्नुपर्ने एपमा पासवर्ड राखिएको हुन्छ र अरु कसैले हेर्न पाउँदैन ।

एन्ड्रोइड र आईओएस डिभाइसका विभिन्न एप पाइन्छन्, जसले मोबाइलमा रहेका एपहरुमा पासवर्ड राखिदिन्छन् । गुगल प्ले स्टोर र आईओएस प्ले स्टोरमा एपलक की वर्ड राखेर सर्च गर्दा यस्ता धेरै एपहरु देखाउँछ । प्रयोगकर्ताले गरेको त्यसको रिभ्यू, रेटिङ र फिचर हेरेर आफूलाई चाहिएको कुनै एक एप डाउनलोड गर्न सक्छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०