close

एनआईसी एसियाको मोबाइल बैंकिङबाट बिजुलीको बिल तिर्दा १ हजारसम्मको क्यास ब्याक

टेकपाना टेकपाना

फागुन १२, २०७६ १२:२३

एनआईसी एसियाको मोबाइल बैंकिङबाट बिजुलीको बिल तिर्दा १ हजारसम्मको क्यास ब्याक

एनआईसी एसया बैंकको मोबाइल बैंकिङ एपबाट बिजुलीको बिल तिर्दा एक हजार रुपैयाँसम्म क्यास ब्याक पाउन सकिने भएको छ । आक्रामक बजार रणनीति अपनाउँदै आएको एनआईसी एशियाले आफ्नो मोबाइल बैंकिङ प्रवर्द्धन गर्ने उद्देश्यका साथ क्यास ब्याक योजना ल्याएको हो ।

फागुन ३० गतेसम्म लागु हुने यो योजामा एनआईसी एसिया बैंकमा खाता रहेका तथा मोबाइल बैंकिङ प्रयोग गरिरहेका ग्राहकले बिजुलीको बिलमा ५ प्रतिशत क्यासब्याक पाउनेछन् । यस्तो क्यासब्याक अधिकतम एक हजार रुपैयाँसम्म प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०