close

निश्चित शब्दलाई ट्वीटरमा यसरी गुर्नहोस् ‘म्युट’

टेकपाना टेकपाना

फागुन १५, २०७६ १८:९

निश्चित शब्दलाई ट्वीटरमा यसरी गुर्नहोस् ‘म्युट’

एजेन्सी । यदि तपाईं ट्वीटर प्रयोग गर्नुहुन्छ भने पक्कै पनि यो थाहा छ कि ट्वीटरमा भएको कुराकानी र अरुको अकाउण्टलाई ‘म्युट’ गर्न सकिने सुविधा छ । तर, तपाईंलाई यो थाहा नहुन सक्छ की कुनै निश्चित शब्दलाई पनि म्युट गर्न सकिन्छ ।

ट्वीटरमा कुनै शब्दसँग सम्बन्धित नोटिफिकेशन आइरहन्छ भने त्यसलाई बन्द गर्ने सुविधा ट्वीटरले दिँदै आएको छ । यदि तपाईं आईओएस अर्थात आईफोन प्रयोगकर्ता हो भने त झन् यो अति नै सहज छ ।

आईफोन प्रयोगकर्ताले शब्दलाई म्युट गर्न सुरुमा आफुले म्युट गर्न चाहेको शब्दलाई लामो समयसम्म क्लिक गर्नुहोस् । त्यसो गर्दा त्यहाँ ‘कप’, ‘कट’ र ‘म्युट’ लगाएतका अप्सन देखाउँछ । त्यसमध्य ‘म्युट’ मा क्लिक गर्नुहोस् ।

त्यहाँ क्लिक गर्दा नयाँ पेज खुल्नेछ । जहाँ तपाईंले आफुले कहाँबाट उक्त शब्दलाई म्युट गर्न खोजेको(टाइमलाइन अथावा नोटिफिकेशन) र को बाट(सबैबाट अथवा जसलाई तपाईंले फालो गर्नु भएको छैन्) र समय (२४ घण्टा, सात दिन, ३० दिन) गरी बन्द गर्न सक्नु हुनेछ ।

र, यदि तपाईं एन्ड्रोइड प्रयोगकर्ता हो भने पनि यस्तो अप्सन उपलब्ध छ । तर, अलि झन्झटीलो प्रक्रिया रहेको छ त्यसका लागि सुरुमा नोटीफिकेशन ट्यावमा क्लिक गर्नुहोस् । अनि त्यसमा दायाँ तर्फ माथि रहेको ‘गियर’ आइकनलाई क्लिक गर्नुहोस् ।

त्यहाँ ‘म्युटेड वर्ड’ अप्सन दिएको छ । त्यहाँ ‘प्लस’ सिंग्नल दिइएको छ, त्यसमा क्लिक गर्नुहोस् र आफुले म्युट गर्न चाहेको वर्ड राख्नुहोस् । यसो गर्दा तपाईंले चाहेको शब्द अर्को पटक तपाईंको प्रोफाइलमा अथवा नोटिफिकेशनमा आउने छैन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०