close

जीमेलको नयाँ फिचरले इमेल खोज्न यसरी बनाउँछ सजिलो

टेकपाना टेकपाना

फागुन १७, २०७६ ११:१४

जीमेलको नयाँ फिचरले इमेल खोज्न यसरी बनाउँछ सजिलो

एजेन्सी । सर्च सम्बन्धित एल्गोरिदममा गूगलको विज्ञता र वर्चस्व भएता पनि जीमेलमा कुनै किसिमको निश्चित ईमेल फेला पार्न गाह्रो हुन्छ । गूगल कम्पनीले यो समस्यालाई समाधान गर्नका लागि नयाँ फिल्टर फिचर ‘सर्च चिप’ ल्याएको छ । 

कसरी काम गर्छ ? 

कुनै किवर्डको साथमा तपाईंले ईमेल सर्च गरेपछि ‘ह्याज एटेचमेन्ट’ , ‘एक्सक्लुड च्याट्स’ र डेट पिकरजस्ता सर्च रिजल्टको शिरानीमा अर्थात सर्च गरिएको शब्द रहेको बटनको दायाँतर्फको तल फर्किएको एरोमा फिल्टर बटन देख्नुहुनेछ । 

साथै तपाईंले टेक्स्ट, पीडीएफ वा इमेज जस्ता एटेचमेन्टहरु पनि छान्न सक्नुहुन्छ । यस्ता बटन अर्थात चिप्सले तपाईको सर्च रिजल्टलाई छरितो बनाउन मद्दत गर्छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०