close

ह्वाट्सएपको गोप्य म्यासेज गूगलमा !

टेकपाना टेकपाना

फागुन १६, २०७६ १४:२२

ह्वाट्सएपको गोप्य म्यासेज गूगलमा !

एजेन्सी । हामी ह्वाट्सएपलाई सुरक्षित र गोप्य माध्यम ठानेर आफ्ना साथीभाई तथा परिवारसँग ढुक्कले गोप्य कुरा शेयर गरिरहेका हुन्छौं । तर यो इन्क्रिप्टेड एप तपाईंले सोचेजस्तो गोप्य र सुरक्षित भने छैन ।

ह्वाट्सएपको ग्रुप च्याटमा गूगल सर्चबाट पहुँच पाउन सकिन्छ । गूगल सर्चले गोप्य ठानिएका च्याटहरुको लिंकलाई इन्डेक्स गराइरहेको छ । एउटा टेक साइटमा आएको खबर अनुसार गूगल सर्चकै माध्यमबाट गोप्य ठानिएका प्राइभेट च्याटहरुमा जोकोहीले एक्सेस पाउनसक्छ । 

साधारणतया ह्वाट्सएपका च्याटहरु ग्रुप च्याटका सदस्यहरुलाई च्याट मोडरेटरले इन्भाइट कोड उपलब्ध गराएको खण्डमा मात्र एक्ससेवल हुने गरेको छ । यो कोड खासमा टेक्स्टमा हुन्छ । जुन एउटा यूआरएल हो । यीमध्ये केही केही कोडहरु इन्डेक्स भइसकेका छन् र गूगलबाट पत्ता लगाउन सकिने किसिमका छन् । 

च्याट डट ह्वाट्सएप डट कम टाइप गरेपछि तपाईंले आफ्ना प्राइभेट च्याटहरु हेर्नसक्नुहुन्छ । फेब्रुअरी २१ मा ट्वीटरमा जर्मनका एकजना मल्टिमिडिया पत्रकार जोर्डन वेल्डनले एउटा चेतावनी जारी गरेका थिए । त्यसमा लेखिएको थियो, ‘तपाईंले सोचेजस्तो तपाईंको ह्वाट्सएप ग्रुप सुरक्षित छैन ।’

‘इन्भाइट टु ग्रुप भिया लिंक’ फिचरले गुगललाई च्याट इन्डेक्स गराउँछ भन्ने कुरा उनले ट्वीटरमा लेखेका छन् । यस्ता च्याटहरु इन्टरनेटमा सजिलै पाउन सकिन्छ । 

विल्डनले भनेका छन्, ‘सुरक्षित, प्राइभेट म्यासेजिङभन्दा बाहिरबाट शेयर भएका जुनसुकै ग्रुप लिंक तुलनात्मकरुपमा सजिलै पाउन सकिन्छ र जोडिन सकिन्छ । यदि तपाईंले यस्तो लिंक शेयर गर्नु भएको छैन भने पनि तपाई योबाट बच्न सक्नुहुने छैन । एक्टिभ ग्रुप च्याटलाई करेसपोन्डेन्स गर्ने यूआरको एक्सेस पाउन ब्रुट फोर्स विधि अपनाउन सम्भव त छ तर यो अप्ठ्यारो छ ।’

चर्चित एथिकल ह्याकर जेन म्यानचुङ वाङले आफ्नो ट्वीटरमा यो कुरालाई पुष्टि गर्दै लेखेकी छन्, ‘चार लाख ७० हजार ह्वाट्सएपका प्राइभेट भ्यासेजहरु च्याट डट ह्वाट्सएप डट कम गुगल गर्दा देख्न सकिन्छ । यूआरएलको ह्वाट्स एप ग्रुप इन्भाइट्स एउटा सेक्सन हो ।’

कतिपय त्यस्ता लिंकले पोर्न तथा भाइससम्म पुर्‍याउन सक्छ । डेटा चुहावट, गोपनीयताका मुद्दाहरु बाहिर आएपछि फेसबुकले गोपनीयताको कुराहरुमा विशेष ध्यान दिने योजनाहरु अघि ल्याएको थियो । तर पछिल्लो ह्वाट्सएपको खुलासाले थप अर्को धक्का दिएको छ ।

यसबीच प्रयोगकर्ताहरुलाई आफ्नो सुरक्षाका लागि के गर्न सकिन्छ भन्ने प्रश्नमा ईएसईटी का मोरे प्रयोगकर्तालाई सिंग्नल तथा टेलिग्राम च्याट एप प्रयोग गर्न सुझाव दिन्छन् । यस्ता एपहरुले प्रयोगकर्ताको सुरक्षा र गोपनीयतामा भारी मात्रामा ख्याल गर्ने गर्छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०