close

नोकियासँग मिलेर अत्याधुनिक नेटवर्क बनाउँदै सुबिसु

टेकपाना टेकपाना

फागुन १२, २०७६ १४:३

नोकियासँग मिलेर अत्याधुनिक नेटवर्क बनाउँदै सुबिसु

काठमाडौं । केबल टेलिभिजन, इन्टरनेट तथा नेटवर्क सेवाप्रदायक कम्पनी सुबिसु केबलनेट प्रालिले अत्याधुनिक अप्टिकल नेटवर्क विस्तार सुरु गरेको छ । कम्पनीले नोकियासँगको सहकार्यमा १०० जी अप्टिकल नेटवर्क विस्तार थालेको हो ।

समयको माग र ग्राहकको स्तरीय सन्तुष्टीका लागि भन्दै सुबिसुले एक जीबीपप्एस गतिसम्मको इन्टरनेट सेवा दिन सकिने क्षमतामा नेटवर्कलाई विस्तार गर्दैछ । यसबाट उपभोक्ताले उच्च गतिको इन्टरनेटसँगै एचडी आईपीटीभी सेवा लिन सक्नेछन् ।

नेपाल सरकारको ‘डिजिटल नेपाल’को अभियानलाई लक्षित गर्दै सुरु गरिएको यो परियोजनाले देशलाई नै सामाजिक एवम् आर्थिक विकास तिर अग्रसर गराउने सहयोग पुग्ने कम्पनीको विश्वास छ ।
सुबिसुले मुलुका ११ स्थानमा नोकियाको १८३० फोटोनिक सर्भिस स्वीच (पीएसएस), डेन्स वेभलेन्थ डिभिजन मल्पिप्लेक्सिङ (डीडब्ल्यूडीएम) राखिसकेको छ । यसबाट ग्राहकको बदलिदो मागलाई पुर्ति गर्नुका साथै १०० जी सेवा दिन सकिनेछ ।

नोकियाका बिनिस बाबाले यसबाट नेपालका व्यवसायिक तथा साधारण सबैले ग्राहकले फाइदा लिनसक्ने र संचार प्रबिधिको क्षेत्रमा यो महत्वपुर्ण कदम रहेको बताए । आफ्ना ग्राहकलाई उच्च स्तरीय सेवा प्रदान गर्ने उद्देश्य लिएको सुविसुले यस कदमबाट सम्पूर्ण ग्राहक एवम् व्यवसायले राम्रो प्रतिफल प्राप्त गर्ने विश्वास व्यक्त गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत विनयमोहन साउदले यसको थालनीसँगै ग्राहकको बदलिँदो मागलाई सजिलै पुरा गर्न सकिने र आगामी दिनमा सेवा बिस्तारमा कुनै समस्या नआउने बताए ।

सुबिसुले केबल तथा डिजिटल टिभी सेवा, कञ्जुमर इन्टरनेट, इन्टरप्राइज इन्टरनेट, एमपीएलएस, भीपीएनएस (एमपीएलएस भीपीएनएस), डब्ल्यूएएन इथरनेट, होलसेल आईपी ट्रान्जिट, एमभीपी, डाटा सेन्टर सोलुसन लगायतका सेवा प्रदान गर्दै आएको छ ।

नेपालमै पहिलो पटक डिजिटल केबल टेलिभिजन सेवा सुरु गरेको कम्पनीले क्लियर टीभीको नाममा केबलमार्फत सीएसएसको प्रयोग गरी एमपीईजीफेर स्ट्याण्डर्ड डेफिनेसन र एचडी च्यानल समेत प्रशारण गर्दै आएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०