close

माइक्रोसफ्टले ल्याउने सर्फेस डुओमा नयाँ फिचर

टेकपाना टेकपाना

फागुन १६, २०७६ १४:४२

माइक्रोसफ्टले ल्याउने सर्फेस डुओमा नयाँ फिचर

एजेन्सी । माइक्रोसफ्टले आफ्नो एन्ड्रोइडमा आधारित सर्फेस डुओ सार्वजनिक गर्ने घोषणा करिब एक वर्ष अघि नै गरेको थियो । उक्त डुअल स्क्रिनयुक्त डिभाइसको अझै धेरै सिक्रेटहरु बाहिर आउन बाँकी नै छ । 

हाल माइक्रोसफ्ट आफ्नो नयाँ आउने हार्डवेयरका लागि विभिन्न क्यामेरा कन्फिग्रेसनमाथि काम गरिरहेको जस्तो देखिन्छ । क्यामेराबारे पछिल्लो विवरण पब्लिस प्याटेन्टबाट आएको हो ।

‘इमेज क्याप्चर युजिङ अ हिंग्ड डिभाइस विथ मल्टिपल क्यामेराज’ भनिने प्याटेन्टमा, यो डुअल स्क्रिन डिभाइस सर्फेस डुओ र सर्फेस निओ जस्तो देखिने भनि व्यख्या गरिएको छ । यसले धेरै क्यामेरालाई कसरी प्रयोग गर्छ भन्ने कुरा पनि व्याख्या गरेको छ । 

उसले लेखेको छ, ‘माइक्रोसफ्टले उसको डुअल स्क्रिनयुक्त डिभाइसमा चारओटासम्म क्यामेरा हुने बताएको छ । जहाँ उसको पहिलो र दोस्रो क्यामेराले इमेज क्याप्चर गर्नेछ । पहिलो र दोस्रो मोड्युल अब्जेक्ट फेस गर्न कन्फिगर्ड गरिएको हो भने तेस्रो र चौंथो क्यामेरालाई फेस फर्वाड कन्फिगर गरिएको हो ।’ 

माइक्रोसफ्टले यो फोन नभएको यसअघि नै बताइसकेको छ । तर कुनै पनि मोडर्न डिभाइसका लागि आज राम्रो क्यामरा हुनुले धेरै नै ठूलो महत्व राख्छ । आज स्मार्टफोन धेरै क्यामेरामा विकास भइरहेको छ र ट्याबेटहरु त थप क्यामेरा स्पेसिफाइड हुँदै गइरहेका छन् ।

आईप्याड प्रोमा पनि फ्लाइट क्यामेरा हुने हल्ला चल्न थालिसकेको छ । यिनै कारणले पनि माइक्रोसफ्ट आफ्नो सम्पूर्ण सर्फेस रेञ्जका लागि, विशेषगरी सानो सर्फेस डुओका लागि क्यामेरा हार्डवेयरमाथि काम गरिरहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०