close

सोनीको पहिलो फाइभजी फोन ‘एक्सपेरिया वान’

टेकपाना टेकपाना

फागुन १५, २०७६ १३:२७

सोनीको पहिलो फाइभजी फोन ‘एक्सपेरिया वान’

काठमाडौं । पछिल्लो समय फाइभजी स्मार्टफोन सार्वजनिक गर्ने लहर नै चलेको छ । सामसङ, जेडटीई, भीभो, ह्वावे लगायतका विभिन्न स्मार्टफोन उत्पादक कम्पनीले फाइभजी नेटवर्क सपोर्ट गर्ने स्मार्टफोन सार्वजनिक गरिसकेका छन् । कतिपय स्मार्टफोन कम्पनी फाइभजी स्मार्टफोन सार्वजनिक गर्ने तयारीमा रहेका छन् ।

यसैबीच सोनीले पनि फाइभजी नेटवर्क सर्पोट गर्ने स्मार्टफोन ‘एक्सपेरिया वान’ सार्वजनिक गर्ने भएको छ । एक्सडीए म्याक्सले सार्वजनिक गरेको फोटोका आधारमा ‘एक्सपेरिया वान सेकेन्ड’ फोनमा ६.५ इञ्चको फोरके फ्ल्यागसिप फोन ल्याउने तयारीमा सोनी रहेको छ ।

स्न्यापड्रागन ८६५ प्रोसेसरमा आधारित फोनमा ३३०० एमएएचको ब्याट्री रहेको छ । फोनमा ८ जीबी र्‍याम र २५६ जीबी रोम छ । त्यस्तै फाइभजीमा आधारित अर्को फोन ‘एक्सपेरिया टेन सेकेन्ड’ ६ इञ्चको ओएलईडी डिस्प्लेका साथ आउनेछ ।

स्न्यापड्रागन ६६५ चिपसेट रहेको फोनमा चार जीबी र्‍याम र १२८ जीबी रोम रहेको छ । फोनमा ८ मेगापिक्सेलको अल्ट्रा वाइड, १२ मेगा पिक्सेलको स्ट्यान्डर्ड र ८ मेगापिक्सेलको डबल जुम लेन्स सहति तीन ओटा क्यामरा रहेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०