close

चैत १ गते विद्यार्थी लक्षित ‘कारखाना मेला’, प्रवेश निःशूल्क

टेकपाना टेकपाना

फागुन १२, २०७६ १५:७

चैत १ गते विद्यार्थी लक्षित ‘कारखाना मेला’, प्रवेश निःशूल्क

आउँदो चैत १ गते कारखाना मेला आयोजना हुने भएको छ । शैक्षिक प्रविधिको क्षेत्रमा काम गर्दै आएको संस्था कारखानाले आफूले विकास गरेका शैक्षिक विधिको विषयमा जानकारी गराउन ज्ञानेश्वरमा मेला आयोजना गर्ने भएको हो ।

खासगरी स्कूलका विद्यार्थीलाई लक्षित गरी आयोजना गर्न लागिएको मेलामा कारखानाले खेल सामग्रीको रुपमा तयार पारेका विषयवस्तु नजिकबाट नियाल्न सकिनेछ । कारखानाका साकार पुडाशैनीका अनुसार मेलामा अन्य मनोरञ्जनात्मक कार्यक्रम समेत रहने छन् ।

कारखानाले हरेक वर्ष यस किसिमको मेला आयोजना गर्दै आएको मेलामा प्रवेश निःशूल्क गरिएको छ । कारखानाकै अग्रसरतामा सुरु भएको ‘भविष्य’ नामक अर्को छुट्टै कार्यक्रम प्रदेश स्तरमा समेत आयोजना हुँदै आएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०