close

एचटीसीले फाइभजी स्मार्टफोन ल्याउँदै, कस्तो होला एचटीसीको नयाँ यात्रा

टेकपाना टेकपाना

फागुन १६, २०७६ ७:५५

एचटीसीले फाइभजी स्मार्टफोन ल्याउँदै, कस्तो होला एचटीसीको नयाँ यात्रा

एजेन्सी । पछिल्लो समय फाइभजी स्मार्टफोन सार्वजनिक गर्ने लहर नै चलेको छ । सामसङ, जेडटीई, भीभो, ह्वावे, सोनी लगाएतका विभिन्न स्मार्टफोन उत्पादन कम्पनीले फाइभजी नेटवर्क सपोर्ट गर्ने स्मार्टफोन सार्वजनिक गरिसकेका छन् भने, कतिपय स्मार्टफोन कम्पनी सार्वजनिक गर्ने तयारीमा रहेका छन् ।

यस्तोमा नयाँ फाइचजी स्मार्टफोन त्यो पनि हराउँदै गएको कम्पनीले ल्याउँदा बजारमा त्यसको असर कस्तो होला ? एचटीसी पछिल्लो समय स्मार्टफोन बजारमा हराउँदै गएको छ । विस्तार आफ्नो बजार हिस्सा गुमाउँदै गाएको कम्पनीले समय समयमा केही स्मार्टफोन भने सार्वजनकि गर्दै आएको छ ।

यसै बिचमा कम्पनी अब सने् २०२० भित्र फाइभजी नेटवर्क सपोर्ट गर्ने स्मार्टफोन सार्वजनिक गर्ने भएको छ । विश्व स्मार्टफोन बजारमा लिड गर्ने स्मार्टफोन निर्माता ह्वावे, एप्पल, सामसङ, सोओमी, जेडटीई जस्ता ब्राण्डको बिचमा एचटीसीले आफुलाई कुन स्थानमा उभ्याउन सक्छ भन्ने हो ।

किनभने कुनै समय फोनको बजारमा अग्रणी भुमिका निर्वाह गरेको कम्पनीले पछिल्लो केहि वर्षमा ठुलो समस्या भोग्नु परेको छ । उसले ल्याएको स्मार्टफोनलाई प्रयोगकर्ताले पनि खासै रुचाउन सकेका छैनन् । त्यसैले पनि एचटीसीको लागि फाइभजी स्मार्टफोन पनि चुनौतीको विषय हुन सक्ने उल्लेख गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०