close

पहिलो महिनामा दुई जनाले पाए फोन-पेको दुबई ट्रिप

टेकपाना टेकपाना

फागुन १२, २०७६ १६:३

पहिलो महिनामा दुई जनाले पाए फोन-पेको दुबई ट्रिप

मोबाईल भुक्तानी नेटवर्क फोन–पेले ‘पैसा लिने र तिर्ने, दुबई उड्ने’ योजनाका मासिक विजेता घोषणा गरेको छ । दुबई ट्रिपका लागी कम्पनीले ग्राहक सुप्रिया शाक्य र मर्चेन्टमा हिमालयन किराना पसललाई विजेता घोषणा गरेको हो ।

गत बिहीबारको कल कान्तिपुरको लाइभ शोमा लक्की ड्र मार्फत घोषणा गरिएको थियो । दुबई ट्रिप जित्ने व्यक्तिले थप तीनजना व्यक्तिलाई पनि आफुसँगै लैजान पाउनेछन् । २ जनवरीदेखि १ फब्रुअरीसम्म क्युआर मार्फत भुक्तानी गर्ने ग्राहक र मर्चेन्ट मध्येबाट छानिएका विजेता छानिएको हो ।

फोन–पे ले ग्राहक र मर्चेन्टका लागि नयाँ वर्ष २०२० को अवसरमा ६ महिनासम्म लागु हुनेगरी ‘पैसा लिने र तिर्ने, दुबई उड्ने’ उपहार योजना सुरु गरेको थियो । दैनिक, साप्ताहिक र हरेक महिना विजेताहरु घोषणा गरिनेछ ।

योजना अन्तरगत दैनिक ५ जना ग्राहकले एउटा कारोबारको शतप्रतिशत क्यास ब्याक प्राप्त गरिरहेका छन् । यस्तै कम्पनीले पाँच ओटा मर्चेन्टले आकर्षक उपहार प्रदान गर्दै आएको छ । यसैगरी हरेक हप्ता एक जना ग्राहक र मर्चेन्टले २५ हजार रुपैयाँको मोबाइल फोन जित्न सक्छन् । यसै उपहार योजनामा हरेक महिना एक जना ग्राहक र मर्चेन्टले दुबई ट्रिप जित्न सक्छन् ।

उपहार योजना जुन महिनाको अन्त्यसम्म सञ्चलन हुनेछ । यस उपहार योजनामा कुल १८ सय १० जनाले शतप्रतिशत क्यासब्याक पाउनेछन् । यसैगरी साप्ताहिक दुईजनाका दरले ५० जना र प्रत्येक महिना दुईजनाका दरले १२ जनाले उपहार जित्ने मौका पाउनेछन् ।

फोन–पेका हाल ९० हजारभन्दा धेरै मर्चेन्ट रहका छन् भने नेपालभरका ५० भन्दा बैंक तथा वित्तीय संस्थाका ८० लाख मोबाइल बैंकिङ सदस्य रहेका छन् । फोन–पेले सदस्य बैंक तथा वित्तीय संस्थामार्फत थप नेटवर्क विस्तार गर्दै लगिरहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०