close

कोरोनाको असर एप्पललाई भन्दा बढी ह्वावेलाई पर्ने अनुमान

टेकपाना टेकपाना

फागुन १५, २०७६ १६:३१

कोरोनाको असर एप्पललाई भन्दा बढी ह्वावेलाई पर्ने अनुमान

काठमाडौं । चीनबाट फैलिएको नोवल कोरोना भाइरस अहिले सबैको चासोको विषय हो । जसको असर विश्वको हरेक क्षेत्रमा परिरहेको छ । त्यमध्य पनि सुचना प्रविधि उद्योगमा यसको प्रभाव सबैभन्दा बढी परेको छ ।

जसको एउटा उदाहरण हो, मोबाइल वल्र्ड कंग्रेस । कोरोनाकै कारण विश्वकै ध्यान केद्रित हुने मोबाइल मेला मोबाइल वल्र्ड कंग्रेस नै रद्द भयो । त्यतिमात्रै नभएर स्मार्टफोन बजारको हस्तिको रुपमा रहेको एप्पलको उत्पादन ५० प्रतिशतले घटेको छ ।

कारण एप्पलले चीनमा रहेको आफ्नो मोबाइल उत्पादन गर्ने फ्याक्ट्री नै बन्द गर्नु परेको छ । भने, अन्य कम्पनी पनि यसको असरबाट बच्न सकेका छैनन् । यसबाट सबैभन्दा कम प्रभाव परेको कम्पनी सामसङ हो । किनभने उसले आफ्नो मोबाइलको ठुलो हिस्सा भियतनामबाट उत्पादन गर्दै आएका छ ।

अर्को मोबाइल उत्पादन कम्पनी ह्वावेमा पनि हालसम्म कुनै किसिमको असर भने देखिएको छैन् । चीनकै कम्पनी भएर पनि विश्व बजारमा कम्पनीलाई खासै ठुलो असर परिसकेको छैन् । किन भने कम्पनीले आफ्नो फ्याक्ट्रीमार्फत कर्मचारीलाई सुरक्षा दिएर भएतापनि उत्पादनलाई निरन्तरता दिएको छ ।

तर, अबका दिनमा भने ह्वावेले एप्पलले भन्दा ठुलो चुनौती भोग्नु पर्ने विज्ञले बताएका छन् । विज्ञका अनुसार कम्पनीको उत्पादन क्षमता ठुलो भएकै कारण पनि हालसम्म उसलाई कुनै किसिमको असर नपरेको हो । तर, अबका दिनमा विस्तारै ह्वावेले पनि कोरोनको असर खेप्नुपर्ने उल्लेख गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०