close

नेपाल टेलिकमको ब्राण्ड एम्बेसडरमा पारस खड्का

टेकपाना टेकपाना

फागुन १४, २०७६ ७:३६

नेपाल टेलिकमको ब्राण्ड एम्बेसडरमा पारस खड्का

काठमाडौं । नेपाल टेलिकमले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्कालाई आफ्नो ब्रान्ड एम्बेसडर चयन गरेको छ । टेलिकमका प्रबन्ध निर्देशक डिल्लिराम अधिकारी र क्रिकेट खेलाडी पारस खड्काले त्यसका लागि नेपाल टेलिकमको केन्द्रीय कार्यालयमा मंगलबार आयोजित एक कार्यक्रममा हस्ताक्षर गरेका हुन् ।

हस्ताक्षर कार्यक्रममा प्रबन्ध निर्देशक अधिकारीले द्रुत गतिमा मुलुकभर दूरसञ्चार सेवा विस्तार गरिरहेको नेपाल टेलिकम र अलराउण्डर क्रिकेटरका रुपमा परिचित पारस खड्काबीचको सहकार्य फलदायी र प्रभावकारी हुने विश्वास व्यक्त गरे । सो अवसरमा उनले नेपाल प्रहरीको फुटबल टिमलाई पनि प्रायोजन गरेको स्मरण गर्दै खेल क्षेत्रलाई कम्पनीले विशेष प्राथमिकतामा राखेर सहयोग गरिरहेको बताए ।

समारोहमा कम्पनीका नव नियुक्त ब्रान्ड एम्बेसडर पारस खड्काले मुलुकको सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमसँग आबद्ध हुन पाएकोमा गौरव महशुस गरेको बताए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०