close

अब टेलिकमको कलसँगै ब्यालेन्सको नोटिफिकेशन

टेकपाना टेकपाना

फागुन १४, २०७६ १०:४३

अब टेलिकमको कलसँगै ब्यालेन्सको नोटिफिकेशन

सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले कलसँगै ब्यालेन्सको जानकारी दिने भएको छ । कम्पनीले हरेक मोबाइल कल समाप्त भएलगत्तै यूएसएसडी नोटिफिकेशनको रुपमा ब्यालेन्स जानकारी दिने व्यवस्था गर्न लागेको हो ।

जावलाखेल स्थित टेलिकमकाे सूचना प्रणाली सहयोगी निर्देशनालयका अनुसार उक्त सेवाको परीक्षण कार्य मंगलबारदेखि सुरु भएको छ । १३ फागुन रातीदेखि टेलिकमका केही मोबाइल प्रयोगकर्ताले यूएसएसडी नोटिफिकेशन प्राप्त गर्न सक्नेछन् । कम्पनीले निकट भविष्यमै यस्तो सेवा सबै ग्राहकलाई उपलब्ध गराउने तयारी गरेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०