close

डिशहोमले सुरु गर्‍यो नेपालकै पहिलो भोजपुरी च्यानल

टेकपाना टेकपाना

फागुन १७, २०७६ १७:०

डिशहोमले सुरु गर्‍यो नेपालकै पहिलो  भोजपुरी च्यानल

नेपाली टेलिभिजनको दुनियामा डिशहोमले भरपुर मनोरञ्जनले भरिएको भोजपुरी च्यानल संचालनमा ल्याएको छ । विगत लामो समयदेखी नेपाली दर्शकको मनोरञ्जनको चाहाना लाई ध्यानमा राखेर डिशहोमले विभिन्न एक्सक्लुसिभ च्यानलहरु संचालन गर्दै आएको छ ।

मनोरञ्जनात्मक कार्यक्रमका लागि रमाईलो टिभी, नेपालकै पहिलो खेलकुद च्यानल एक्सन स्पोर्टस्, बालबालिकाहरुको लागी राईम्स तथा जुनियर टीभी, घरमै वसेर नयाँ नयाँ नेपाली चलचित्र हेर्न सकिने सिनेमा घर, नेपाली चलचित्र मात्र प्रशारण हुने प्लस मुभि जस्ता विभिन्न च्यानल संचालन गरिरहेको डिसहोमले भोजपुरी भाषाको मनोरञ्जनात्मक च्यानल “भोजपुरी म्याजिक” सुरु गरेको हो ।

भोजपुरी चलचित्र र गीतहरु प्रशारण हुने यस च्यानलले नेपाली दर्शकका लागि भिन्न स्वाद र भरपुर मनोरञ्जन दिने कम्पनीको अपेक्षा छ । साथमा भोजपुरी भाषाको गीत गाउने कलाकारहरुले उपलब्ध गराएका गीतहरु समेत यस च्यानलमा प्रशारण गरिनेछ जसबाट क्षेत्रीय भाषाको गीत गाउने स्थानीय कलाकारको प्रतिभालाई समेत नेपाल भर पुर्‍याउन सहयोग पुग्ने बताइएको छ ।

आगामी दिनमा समेत डिशहोमले आफ्ना ग्राहकहरुका लागि भिन्न खालका सामाग्री प्रशारण हुने थप नयाँ च्यानलहरु सञ्चालनमा ल्याउने उद्देश्य लिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०