close

जीमेलमा आउने ५६ प्रतिशत भाइरस माइक्रोसफ्ट अफिसबाट !

टेकपाना टेकपाना

फागुन १८, २०७६ ८:२७

जीमेलमा आउने ५६ प्रतिशत भाइरस माइक्रोसफ्ट अफिसबाट !

एजेन्सी । ईमेलमा डकुमेन्ट अट्याच गरेर माल्वेयर अर्थात भाइरस फैलाउनु एउटा पुरानो तरिका हो । यसमा कुनै पढ्ने, लेख्ने लगाउने मात्रै होइन, विभिन्न जोखिमपुर्ण डक्युमेन्टहरु पनि हुने गर्छन् ।  

त्यसो त जीमेलले यस्ता स्पाम तथा साइबर आक्रमणका प्रयासहरुलाई बिफल बनाउन एन्टी स्पाम र एन्टी फिसिङ प्रयासका रुपमा माल्वेयर डिटेक्सन क्षमता विस्तार गरेको छ । यसअन्तर्गत गत वर्षको अन्त्यमा उसले आफ्नो टेलर्ड डकुमेन्ट मनिटरिङ सिस्टम पनि समावेश गरेको थियो । 

मंगलबार अमेरिकाको सानफ्रान्सिस्कोमा आयोजित आरएसए सेक्युरिटी कन्फ्रेन्समा गूगल सेक्युरिटी एण्ड एन्टी एब्युज रिसर्च लिडर एलिई बर्जस्टिनले एउटा शोध प्रस्तुत गरेकी थिइन् । जसमा उनले प्रत्येक हप्ता तीन खर्ब अट्याचमेन्टलाई कसरी नयाँ डिप लर्निङ स्क्यानरले जाँच गरेर प्रशोधन गरिरहेको छ भनेर देखाएकी थिइन् । 

आधिकारिक डकुमेन्ट र जोखिम युक्त डकुमेन्टहरुबीचको फरक छुट्याउन एकदमै चुनौतीपूर्ण हुने उनले बताएकी छन् । गूगलका अनुसार उसले प्रत्येक दिन ब्लक गर्ने ६३ प्रतिशत मालिसियस डकुमेन्टहरु अरु दिन ब्लक गरेको भन्दा परक हुने गरेका छन् । तर अब डीप लर्निङको सहयताले एकै ढाँचाको समस्यालाई पहिचान गर्ने बताइएको छ । 

हाल जीमेल प्रयोगकर्ताकहाँ आउने ५६ प्रतिशत माल्वेयर माइक्रोसफ्ट अफिस डकुमेन्टबाट आउने गरेका छन् । बर्जस्टिनका अनुसार निजी कम्पनी र गैरनाफामूलक संस्थाहरु यस्ता मालिसियस डकुमेन्टबाटी बढी खतरामा रहेका छन् । सरकारी कार्यालय भने झन् पाँच गुणा बढी निशानामा रहने गरेका छन् । शैक्षिक क्षेत्र भन्दा यातायात र संवेदनशील पूर्वाधारहरु बढी जोखिममा रहेको उनले बताएकी छन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०