close

सातै प्रदेशमा खल्तीबाट खानेपानीको बिल तिर्न सकिने

टेकपाना टेकपाना

फागुन १८, २०७६ ११:२७

सातै प्रदेशमा खल्तीबाट खानेपानीको बिल तिर्न सकिने

काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी खल्ती डिजिटल वालेटले सातै वटै प्रदेशमा खानेपानी बिल भुक्तानी सेवा विस्तार गरेको छ । अघिल्लो साता मात्रै २६ जिल्लाका ८३ वटा खानेपानी वितरण समिति तथा उपभोक्ता समूहमाझ सेवा विस्तार गरी खल्तीले आफ्नो पहुँच सातै प्रदेशमा पुर्‍याएको हो ।

अब पूर्वमा झापाको बुधबारेदेखि पश्चिम कञ्चनपुरको बेलौरीसम्मका ३८ जिल्लाका एक सय १३ खानेपानी वितरण संस्था तथा उपभोक्ता समितिको बिल खल्तीको एप तथा वेबसाइटबाटै तिर्न सकिने भएको छ । यससँगै ती स्थानका सेवाग्राहीले अब पानीको बिल तिर्न काउन्टरमा लाइन बस्नुपर्ने झन्झट समाप्त भएको छ ।

खल्तीको टिम आफ्नो स्थापनाकालदेखि नै डिजिटल भुक्तानी प्रविधिमार्फत मानिसको जीवनशैली सहज बनाउन क्रियाशील रहेको खल्तीका मर्चेन्ट एक्विजिसन हेड सचिन उदास बताउँछन् । उनी भन्छन्, ‘अहिले हामीले ३८ जिल्लाका विभिन्न ११३ खानेपानी वितरण संस्थाको बिल भुक्तानी गर्न मिल्ने बनाएका छौं । हाम्रो लक्ष्य ७७ वटै जिल्लाका सम्पूर्ण खानेपानी वितरण समिति तथा उपभोक्ता समूह अन्तर्गत घरमै बसेर अनलाइनबाट बिल तिर्न मिल्ने सुविधा विस्तार गर्नु हो । अहिले हामी त्यसै अनुसार काम गरिरहेका छौं ।’

बिल कसरी तिर्ने ?

खानेपानीको बिल तिर्न प्रयोगकर्ताले खल्तीको एप तथा वेबसाईटमा गएर खानेपानीको आइकनमा क्लिक गर्नुपर्ने हुन्छ । त्यहाँ आफ्नो काउन्टर छनोट गर्नुहोस् । अब आफ्नो ग्राहक कोड राखेर एक मिनेटमै खानेपानीको महशुल भुक्तानी गर्न सक्नुहुन्छ ।

यदि तपाईं डिजिटल प्रविधिसँग अभ्यस्त हुनुहुन्न र स्मार्टफोन चलाउनुहुन्न भने आफ्नो नजिकैको खल्ती पसलमा गई बिल तिर्न सक्नुहुन्छ । यसरी डिजिटल रुपमा बिल भुक्तानी गर्दा समय र पैसा दुबै बचत हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०