close

भारतमा आफ्नै अनलाईन स्टोर खोल्दै एप्पल

टेकपाना टेकपाना

फागुन १८, २०७६ १२:४०

भारतमा आफ्नै अनलाईन स्टोर खोल्दै एप्पल

एजेन्सी । एप्पलले यसै वर्ष भारतमा अनलाई स्टोर खोल्ने भएको छ । विश्वको दोस्रो ठुलो मोबाइल बजारको रुपमा उदाएको भारतमा आफ्नो प्रभाव कायम राख्न कम्पनीले सन् २०२० भित्रै अनलाइन स्टोर खोल्ने भएको हो ।

यसका साथै कम्पनीले आउँदो वर्ष अर्थात सन् २०२१ मा फिजिकल स्टोर पनि सञ्चालनमा ल्याउने उल्लेख गरिएको छ । हाल भारतमा आईफोनको आधिकारिक बिक्रेताले यस्ता फिजिकल स्टोर सञ्चालनमा ल्याएका थिए ।

अब भने कम्पनीले आफ्नै स्टोर सञ्चालनमा ल्याउने भएको हो । कम्पनीले आफ्नो पहिलो स्टोर मुम्बईमा खोल्ने जनाएको छ । अनलाईन स्टोर कहिलेबाट सञ्चालनमा आउने भन्ने विषयमा पूर्ण जानकारी बाहिर नआए पनि यसै वर्षको तेस्रो चैमासिक भित्र सञ्चालनमा आउन सक्ने अनुमान गरिएको छ

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०