close

नेपालमै पहिलो पटक खल्तीले सुरु गर्‍यो अनलाइन रेमिट

टेकपाना टेकपाना

फागुन १८, २०७६ १४:२४

नेपालमै पहिलो पटक खल्तीले सुरु गर्‍यो अनलाइन रेमिट

खल्ती डिजिटल वालेटले नेपालमै पहिलो पटक अनलाइन बाटै रेमिटेन्स सेवा दिन थालेको छ । नेपाल रेमिटसँगको सहकार्यमा खल्तीले एप बाटै मनि ट्रान्सफर सेवा दिन सुरु गरेको हो ।

विगत १५ वर्षदेखि रेमिट्यान्स सेवा दिदै आइरहेको नेपाल रेमिटसँग भएको सम्झौता अनुसार खल्ती एपमार्फत आइतबारदेखि नै नेपालभर सस्तो दरमा पैसा पठाउन सकिने भएको छ ।

साथै निकट भविष्यमा नेपाल रेमिटका देशैभर रहेका ७५०० भन्दा बढी एजेन्टहरुको कार्यालयबाट खल्ती वालेटमा रकम लोड गर्न समेत सकिने जनाइएको छ । नेपाल रेमिट मार्फत विश्वको कुनै पनि कुना बाट आएको पैसा खल्ती एपकै माध्यमबाट झिक्न तथा बैंकमा जम्मा गर्न सकिने प्रविधि पनि सुरु गर्ने तयारी रहेको खल्तीले जनाएको छ ।

प्रविधिको प्रयोग गरि रेमिट्यान्स सेवालाई सस्तो, सुरक्षित, र छिटो तथा छरितो बनाउने अभियानमा आफूहरु लागिपरेको नेपाल रेमिटका प्रविधि विशेषज्ञ वसन्त भुसालले जानकारी दिए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०