close

सामसङ ग्यालेक्सी एस ट्वान्टीको प्री अर्डर खुल्ला, यस्तो छ नेपालको मूल्य

टेकपाना टेकपाना

फागुन १८, २०७६ १५:७

सामसङ ग्यालेक्सी एस ट्वान्टीको प्री अर्डर खुल्ला, यस्तो छ नेपालको मूल्य

नेपालकै चर्चित मोबाइल तथा इलेक्ट्रोनिक्स ब्राण्ड सामसङ नेपालले ग्यालेक्सी एस ट्वान्टीको प्री अर्डर खुल्ला गरेको छ । आधारभूत परिवर्तन गरिएको सामसङको यो फ्ल्यागसिप डिभाइसले संसारलाई क्याप्चर गर्न थप सहजता प्रदान गर्ने बताइएको छ ।

यही फाल्गुन ३० गतेदेखि ग्यालेक्सी एस ट्वान्टी र एस ट्वान्टी प्लस उपलब्ध हुने सामसङ नेपालले जनाएको छ । तर प्री–अर्डर गर्ने उपभोक्ताहले भने यी स्मार्टफोन त्यस अगावै प्राप्त गर्नसक्ने छन् ।

नेपाली बजारमा ग्यालेक्सी एस ट्वान्टी र एस ट्वान्टी प्लसको मूल्य क्रमशः एक लाख ७ हजार ४९९ रुपैयाँ र एक लाख १९ हजार ४९९ रुपैयाँ राखिएको छ । ग्यालेक्सी एस ट्वान्टी सिरिजमा प्रयोग गरिएको क्यामेरा विश्वको पहिलो आविष्कार भएको कम्पनीले दाबी गर्दै आएको छ । जसले उच्चस्तरीय फोटो तथा भिडियो खिच्न सकिने बताइएको छ ।

सामसङ ग्यालेक्सी एस ट्वान्टी सिरिज भिडियोग्राफी र फोटोग्राफी दुबैका लागि एकदमै महत्वपुर्ण हुने किसिमले प्रस्तुत गरिएको सामसङ नेपालका मोबाइल बिजिनेस हेड प्रणयरत्न स्थापितले बताए । उनले भने, ‘यो फ्ल्यागसिप डिभाइसमा रहेको सेन्सर र प्रविधिले भिडियो र फोटो खिच्न झन् सजिलो बनाएको छ ।’

यसमा पूर्ण रुपमा नयाँ क्यामेरा सिस्टमको प्रयोग गरिएको छ । एआई तथा सामसङको इमेज सेन्सरले हरेक क्षणलाई विशेष रुपमा कैद गर्नसक्ने बनाएको कम्पनीले जनाएको छ । एस ट्वान्टी सिरिजमा सामसङका विशेष सुविधाहरु रहेका छन् । यो सीरिजमा उत्कृष्ट हार्डवेयर एवं फिचर्सहरु समावेश गरिएको छ ।

मोबाइलमा ६४ मेगापिक्सेलको क्यामरा र सेन्सर राखिएको छ । दुबै फोनमा ३० एक्ससम्मको जुम रहेको छ । यसमा रहेको सिंगल टेकले एकसाथ रियर क्यामरामा रहेका सबै लेन्सहरुको प्रयोग गर्दछ । यसमा विभिन्न फाम्र्याटमा १० सेकेन्डसम्मको भिडियो खिच्न सकिन्छ । जसले गर्दा उत्कृष्ट स्टाइल छनौट गर्न सहज हुन्छ र पुनः खिच्न आवश्यक पर्दैन ।

अहिलेको समयसम्म ग्यालेक्सी एस ट्वान्टी एकमात्र यस्तो स्मार्टफोन हो जसबाट एटके भिडियो रेकडिङ गर्न सकिन्छ । नयाँ क्यामेराको संरचनाले प्रयोगकर्तालाई स्वतन्त्र रुपमा प्रभावशाली पार्टनरसिपका साथै आफ्ना अनुभव सहज तथा उत्कृष्ट तरिकाबाट साँट्ने सुविधा प्रदान गर्दछ । यसबाट खिचिएको एटके क्वालिटीको भिडियो क्यूएलईडी एटकेमा सहजै स्ट्रिमिङ्ग गर्न समेत सकिन्छ । साथै एटके भिडियोबाट हाई–रेजोलुसन फोटो पनि निकाल्न सकिन्छ ।

नेपालका कुनै पनि सामसङको स्टोरमा पाँच हजार रुपैयाँ जम्मा गरेर १४ फागुनदेखि सुरु भएको ग्यालेक्सी एस ट्वान्टी तथा एस ट्वान्टी प्लसको अग्रीम अर्डरमा सहभागी हुन सकिनेछ । एस ट्वान्टी कस्मिक ग्रे र क्लाउड ब्लु गरी दुईवटा रङ्गमा तथा एस ट्वान्टी प्लस थप क्लाउड ब्लु सिहत तीन कलरमा उपलब्ध हुनेछ ।

ग्यालेक्सी एस ट्वान्टीको अग्रीम अर्डर गर्ने ग्राहकहरुले ग्यालेक्सी बड्स प्लस निःशूल्क प्राप्त गर्नेछन् । त्यसको विकल्पमा ३२ इञ्चको सामसङ टीभी ५,९९९ रुपैयाँमै खरिद गर्न सकिने सुविधा समेत दिइनेछ । साथै, ग्यालेक्सी एस ट्वान्टीको अग्रीम अर्डर गरेका ग्राहकहरुले २,९९९ रुपैयाँ थप गरी ग्यालेक्सी बड्स प्लस वा ३२ इञ्चको सामसङ टीभि ८,९९९ रुपैयाँमा खरी दगर्न सक्नेछन् ।

साथै अग्रीम अर्डर गरेका ग्राहकहरुले ग्यालेक्सी उपहार स्वरुप टर्किस एअरलाइन्समा, एस ट्राभल्सको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्याकेजहरुमा, लेट मि ईनका सेवाहरुमा, बयोधा हस्पिटलमा तथा केजीएच ग्रुपको प्रोपर्टिमा भारी छूट समेत पाउन सक्नेछन् । अग्रिम अर्डर गर्ने ग्राहकका लागि एक पटकको टुटफुटमा १२ महिनाको बीमा तथा विभिन्न बैंकबाट मासिक किस्तामा (ईएमआई) पनि उपलब्ध हुनेछ ।

त्यसका साथै ग्राहकहरु लक्की ड्रका लागि स्वतः योग्य हुनेछन् । जसमा विजेताहरुले टर्किस एयरलाईन्सको तर्फबाट दुइतर्फी विजनेस क्लास टिकेट, ग्यालेक्सी वाच एक्टिभ टु, केजीएच ग्रुपको वाटरफ्रन्ट रिसोर्ट वा हिमालयन फ्रन्ट होटेलमा दुई रात बसाइको कुपन पाउनेछन् । साथै, लेट मि ईनको तर्फबाट पाँच हजार रुपैयाँ बराबरको कुपन पनि पाउने सामसङ नेपालले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०