close

सन्‌राइज बैंकको मोबाइल बैंकिङलाई पहिलो लिडर अवार्ड

टेकपाना टेकपाना

फागुन १८, २०७६ १५:२९

सन्‌राइज बैंकको मोबाइल बैंकिङलाई पहिलो लिडर अवार्ड

ससन्‌राइज बैंक लिमिटेडले डिजिटल भुक्तानी क्षेत्रमा मोबाइल बैंकिङ लिडर अवार्ड प्राप्त गरेको छ । बैंकले मोबाइल बैंकिङ सेवामार्फत सहज डिजिटल भुक्तानी प्रदान गरी छोटो समयमै धेरै ग्राहक बनाउन सफल भएको र मोबाइल डिजिटल भुक्तानीलाई प्रोत्साहन गरे वापत अवार्डबाट सम्मानित भएको हो ।

बैंकले विभिन्न किसिमका डिजिटल साक्षरता अभिवृद्घि सम्बन्धि कार्यक्रमहरु संचालन गर्दै आएको छ । मोबाइल बैंकिङ्ग सेवा प्रदायक संस्था एफवान सफ्ट इन्टरनेसनलका प्रमुख कार्यकारी अधिकृत विश्वास ढकालले शुक्रबार एक कार्यक्रमबिच उक्त अवार्ड बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याललाई हस्तान्तरण गरे । यससँगै सन्‌राइज बैंक डिजिटल भुक्तानी क्षेत्रमा हालसालै स्थापित लिडर अवार्ड पाउने पहिलो बैंक समेत बनेको छ ।

१५२ एटीएम, १३० शाखा, २००० भन्दा बढी मर्चेन्ट नेटवर्क, ८००० रेमिट्यान्स एजेन्ट रहेको बैंकले स्वदेश तथा बिदेशमा ६ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

डेबिट तथा क्रेडिट कार्ड, मोबाइल बैकिङ, इन्टरनेट बैंकिङ लगायतका अत्याधुनिक बैंकिङ उपकरणहरुको प्रयोगलाई बढावा दिँदै बैंकले सर्वसाधारण जनतालाई डिजिटल माध्यमबाट झुक्तानी गर्न प्रोत्साहान गर्न विभिन्न व्यापारिक प्रतिष्ठान, होटल, अस्पताल लगायतसँग समन्वय गरी अनेक छूट योजना, क्यास ब्याक योजना लगायतका आकर्षक योजना ल्याउँदै आएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०