close

कोरानोका कारण विश्व धनाढ्यलाई एक हप्तामा ५१० खर्ब बढीको घाटा

टेकपाना टेकपाना

फागुन १८, २०७६ १६:६

कोरानोका कारण विश्व धनाढ्यलाई एक हप्तामा ५१० खर्ब बढीको घाटा

एजेन्सी । गत हप्ता लगानीकर्ताहरुका लागि बजार एकदमै महंगो सावित रहन गयो । कोरोना भाइरस लगातार फैलिदैँ जाँदा विश्वभरका पाँच सय धनाढ्यहरुले संयुक्तरुपमा चार खर्ब ४४ अर्ब डलर (५१० खर्ब ४० अर्ब नेपाली रुपैयाँभन्दा बढी) गुमाउन पुगे । 

कोरोना भाइरस फैलिएसँगै त्रासको वातावरण सृजना हुँदा विश्वभर इक्विटी बजार पनि खस्किएको छ । २००८ को वित्तीय संकटपछि पहिलोपटक लगातार पाँच दिनसम्म डो जोनस इन्डस्ट्रियल ओषतमा १२ प्रतिशतले ओरालो लागेको छ । 

विश्वका तीन धनाढ्य अमेजन डट कमका जेफ बेजोस, माइक्रोसफ्ट कर्पका संस्थापक बिल गेट्स तथा एलभीएमएचका अध्यक्ष बरनार्ड आरनल्टले ठूलो घाटा बेहोरेका छन् । यी तीन धनाढ्यको मात्रै संयुक्तरुप्मा ३० अर्ब डलरले सम्पत्ति अबमूल्यन भएको छ । 

विश्वका २५ औं धनाढ्य एलोन मस्कको टेस्ला कर्पोरेसनको शेयर ओरालो लाग्दा घाटा बेहोर्ने धनाढ्य मध्ये उनी चौथो स्थानमा परेका छन् । उनको कम्पनीले ९ अर्ब डलरको घाटा बेहोरेको छ । यस हप्ता सबैभन्दा धेरै घाटा बेहोर्ने शिर्ष दश धनाढ्यहरुमा जेफ बेजोसले सबैभन्दा धेरै ११ अर्ब ९ करोड अमेरिकी डलरको घाटा बेहोरेका छन् । 

यस्तै माइक्रोसफ्टका बिल गेट्सले १० अर्ब, एलभीएमएचका अध्यक्ष बनर्ड आरनल्टले ९.१ अर्ब, टेस्लाका संस्थापक एलोन मस्कले ९ अर्ब, बर्कशायर हाथवेका वारेन बफेटको ८.८ अर्ब, इन्डिटेक्सका अमानसियो अर्टिगाको ६.८ अर्ब, फेसबुकका संस्थापक मार्क जुकरवर्गको ६.६ अर्ब, अल्फाबेटका ल्यारी पेजको ६.४ अर्ब, कार्लोस स्लिमको अमेरिका मोभिलको ६.३ अर्ब र सेर्गे ब्रिनको अल्फाबेटको ६.२ अर्ब डलर नोक्सान भएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०