close

प्रति एमबी ५ पैसामै टेलिकमको डाटा प्याक

टेकपाना टेकपाना

फागुन १८, २०७६ १६:४२

प्रति एमबी ५ पैसामै टेलिकमको डाटा प्याक

के तपाईलाई एकै पटक धेरै डाटा प्रयोग गर्नुपर्ने आवश्यकता छ ? त्यसो भए अब चिन्ता गर्नु पर्दैन । नेपाल टेलिकमले त्यसका लागि लार्ज डाटा प्याक उपलब्ध गराइरहेको छ ।

एक पटक लिएपछि लामो समय सम्म चलाउन पाइने यस्तो डेटा प्याक तुलनात्मक रुपमा निकै सस्तो पर्न जान्छ । कम्पनीले यस अन्तर्गत ३० जीबी र ६० जीबीको प्याक उपलब्ध गराइरहेको छ ।
३० जीबीको प्याक आवश्यकता अनुसार ९० दिनसम्म चलाउन सकिन्छ ।

यो प्याकको मूल्य १६ सय रुपैयाँ छ । त्यसैगरी १८० दिन सम्म प्रयोग गर्न सकिने गरी कम्पनीले ६० जीबी प्याक पनि दिइरहेको छ । जसको मूल्य ३ हजार रुपैयाँ राखिएको छ । यसरी लार्ज प्याक लिएर डेटा चलाउँदा प्रति एमबी करिव ५ पैसा मात्रै पर्न जान्छ ।

मोबाइलबाट *1415# डायल गरी विन्टर अफर अन्तर्गतको लार्ज डाटा प्याक छनोट गर्न सकिन्छ । सिधै *1415*1*7# डायल गरेर समेत यो सेवा प्राप्त गर्न सकिन्छ । यसैगरी आफूले प्रयोग गरिरहेको मोबाइलमार्फत एसएमएस पठाएर पनि यी प्याकहरु लिन सकिन्छ ।

त्यसका लागि क्रमशः DATA30GB वा DATA60GB लेखेर १४१५ मा एसएमएस पठाउनु पर्ने हुन्छ । टेलिकमको वेबसाइट तथा मोबाइल एप बाट समेत यी प्याक खरीद गर्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०