close

बिना बटनकाे कन्सेप्ट स्मार्टफोन भीभो एपेक्स २०२० सार्वजनिक

टेकपाना टेकपाना

फागुन १९, २०७६ ११:१०

बिना बटनकाे कन्सेप्ट स्मार्टफोन भीभो एपेक्स २०२० सार्वजनिक

काठमाडौं । चिनियाँ स्मार्टफोन निर्माता कम्पनी भीभोले आफ्नो कन्सेप्ट फोन सार्वजनिक गरेको छ । ‘भीभो एपेक्स २०२०’ नाम दिइएको उक्त कन्सेप्ट स्मार्टफोनलाई सन् २०२० भीत्र मूर्तरुप दिने योजनामा कम्पनी रहेको छ ।

सन् २०१८ देखि कम्पनीले एपेक्सलाई कन्सेप्ट फोनको रुपमा सार्वजनिक गर्दै आएको छ । फाइभजी सर्पोट रहेको फोनमा १२ जीबी र्‍याम रहेको छ । १६ मेगापिक्सेलको इन डिस्प्ले सेल्फी क्यामेरा रहेको फोनमा डिस्प्लेमा कुनैपनि प्रकारको नच र पप–अप सेल्फी छैन ।

त्यति मात्रै नभएर भीभो एपेक्स २०२० स्मार्टफोनमा एउटा पनि बटन छैन । फोनको ६.४५ इञ्चको फुल भ्यू डिस्प्लेलाई वाटर फल डिस्प्लेको नाम दिइएको छ । ४८ मेगापिक्सेलको प्राइमरी क्यामेरा रहेको फोनमा १६ मेगापिक्सेलको मोड्युल ६.२ एमएम पेरिस्कोप डिजाइन रहेको छ । यसमा गिम्बल बिनै भिडियो रेकर्डिङ गर्न सकिने उल्लेख गरिएको छ ।

एन्ड्रोइड टेनमा आधारित क्वालकम स्न्यापड्रागन ८६५ प्रोसेसर प्रयोग गरिएको फोनमा १२ जीबी र्‍याम र २५६ जीबी इन्टरनल स्टोरेज रहेको छ । स्मार्टफोनमा ६० वाटको फास्ट वायरलेस चार्जिङ सर्पोट छ । जसले २,००० एमएएचको ब्याट्री २० मिनेटमा चार्ज गर्न सक्छ ।

यो फोन ब्ल्याक र ह्वाइट गरि दुई रङ्गमा उपलब्ध हुने जनाइएको छ । यसको मूल्यको विषयमा भने कम्पनीले अहिलेसम्म कुनै जानकारी बाहिर ल्याएको छैन।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०