close

यी एपमा यसरी प्रयोग गर्नहोस् डार्क मोड

टेकपाना टेकपाना

फागुन १९, २०७६ १७:४१

यी एपमा यसरी प्रयोग गर्नहोस् डार्क मोड

डार्क मोड फोनको पोलराइजिङ फिचर हो । कतिले यसलाई मन पराउँछन् भने कतिले पुरानो चम्कलो ब्याकग्राउण्ड नै रुचाउँछन् । 

चम्किलो ब्याकग्राउण्ड नै चाहनुहुन्छ भने पनि तपाईंले डार्क मोडको फाइदाको बारे जानकारी राखिरहँदा लाभदायी नै हुन्छ । गूगलका अनुसार डार्क मोड फिचरले ब्याट्री सेभ गर्नुका साथै यसमा मोबाइल चालाउँदा आखाँको पीडा पनि कम गर्छ । 

गत वर्ष डार्क मोड रुचाउनेहरुका लागि एकदमै राम्रो रह्यो । गत अगस्टमा गूगलले डार्क मोड सहित एन्ड्रोइड टेन सार्वजनिक गर्‍यो । एप्पलले पनि आईओएस थर्टिनमा आफ्नै डार्क मोड सार्वजनिक गर्‍यो । 

एन्ड्रोइड टेनमा यसरी प्रयोग गर्नुहोस् वाइड डार्क थिम 

एन्ड्रोइड टेनको डार्क थिम प्रयोग गर्न चाहनुहुन्छ भने मोबाइलमा रहेको सेटिङ एपमा जानुहोस् । त्यसमा डिस्प्ले सेलेक्ट गर्नुहोस् र डार्क थिम अप्सनमा टर्न अन गर्नुहोस् । यस अलावा तपाईं टपस्क्रिनबाट स्वाइप डाउन गरेर क्वीक सेटिङ प्यानलबाट नाइट थिम वा मोडमा टोगल गर्न पनि सक्नुहुन्छ ।  

फोन निर्माता अनसार एन्ड्रोइड टेनको डार्क थिम शक्रिय गर्ने प्रक्रिया फरक हुनसक्छ । यदि माथि भनिएको तरिकाले तपाईंको मोबाइलमा डार्क थिम इनेबल भएन भने सेटिङ एपमा गएर सर्च फंसन प्रयोग गर्न सक्नुहुन्छ । यो डार्क थिम तपाईंको सेटिङमा नै इनेबल भईसकेपछि जति पनि एपहरु तपाईंको फोनमा अपडेट हुन्छन्, ती सबैले एन्ड्रोइडको डार्क सेटिङलाई सपोर्ट गर्छन् । स्वयम् गूगलका एपहरुले पनि यो थिम सेटिङलाई सपोर्ट गर्छन् । 

तर यदि तपाईंको फोनले एन्ड्रोइड टेन सपोर्ट गर्दैन भने केही यस्ता एपहरु छन्, जसले एन्ड्रोइड टेनको यो डार्क थिमलाई सपोर्ट गर्छन् । त्यस्ता एपहरु आफैमा पनि यो थिम सहित आएका हुन्छन् । 

डार्क मोड सहितका एप्सहरु

जीमेल एपमा डार्क मोड ल्याउने भनेर लामो समयदेखि कम्पनीले बताउँदै आएको थियो । अन्ततः कम्पनीले यो फिचरलाई ल्याएको छ । तपाईं जीमेलको लेटेस्ट भर्सन चलाउँदै हुनुहुन्छ भने एन्ड्रोइड टेनमा यसलाई इनेबल गर्दा स्वचालित रुपमा डार्क मोड टर्न अन हुन्छ ।

एप सटिङमा गएर पनि डार्क मोड प्रयोग गर्न सक्नुहन्छ । यसका लागि जनरलमा जानुहोस् र सेटिङ हुँदै थिमको सूचीबाट डार्क सेलेक्ट गर्नुहोस् ।

अफिसियल एन्ड्रोइड एपमा धेरै फिचर छन् । यो एपले एन्ड्रोइड टेनको डार्क थिमलाई सपोर्ट गर्नुका साथै आफैमा पनि डार्क मोड सेटिङ रहेको छ । यसलाई इनबेल गर्न सेटिङसम्म पुग्नु पर्दैन । यसका लागि एप खोलेर माथि दायाँ भागमा रहेको तीन वटा डट रहेको मेनु आईकनमा जानुहोस् । कुनाम रहेको डार्क मोडलाई इनेबल गर्नुहोस् ।

गूगल क्यालेण्डर र किप दुबैमा डेडिकेटेड डार्क मोड छ । यसले एन्ड्रोइड टेनको थिमलाई पनि सपोर्ट गर्छ । क्यालेण्डरमा साइड मेनुमा स्लाइड आउट गरेर सेटिङमा जानुहोस् । त्यहाँबाट जनरल हुँदै, थिमबाट डार्क मोडमा गएर म्यानुअल्ली टर्न अन गर्नुहोस् । यस्तै किपका लागि सेटिङबाट इनेबल डार्क मोडमा जान सकिन्छ ।

फिड्ली एपमा डार्क मोड ओपन गर्नका लागि साइड प्यानल खोलेर नाइट मोड छनौट गर्नुहोस् । यदि तपाईं विभिन्न समाचार र आर्टिकलहरु पढेर घण्टौं मोबाइलमा बिताउनुहुन्छ भने यसले राम्रो अनुभव दिन्छ । तपाईंको फोनमा एन्ड्रोइड टेन छ भने पनि नाइट मोडलाई म्यानुअल्ली टर्न अन गर्नुपर्ने हुन्छ । 

फेसबुक म्यासेञ्जरले पहिलोपटक डार्क मोडलाई परीक्षण गरेको थियो । परीक्षण सफल भएपश्चात यो फिचर अधिकारिक बनेको छ र अहिले यसलाई सेटिङबाट टर्न अन गर्न सकिन्छ । 

पोडकास्ट एप पकेट कास्टका लागि पहिलोपटक एन्ड्रोइड टेन चल्ने डिभाइसमा सेटिङमा डार्क मोड वा लाइट मोड चल्न दिने भनेर सोध्छ । तपाईंले यो मोडलाई म्यानुअल्ली इनबेल गर्न प्रोफाइल ट्याबमा जानुपर्ने हुन्छ ।

त्यसपछि शिरानीमा दायाँ कुनामा भएको सेटिङ आइकनमा ट्याप गर्नुहोस् र अपिरियन्समा जानुहोस् । त्यहाँबाट थिममा गएर डार्क वा एक्स्ट्रा डार्क मोड छनौट गर्नुहोस् । 

गूगल मोडमा कुनै पनि डेडिकेटेड डार्क मोड छैन । यसमा रातको समयमा प्रयोग गर्नका लागि आफ्नै नाइट मोड रहेको छ ।

स्क्रिनमो बायाँ छेउमा रहेको मेनुलाई स्लाइड आउट गर्नुहोस् र त्यहाँबाट सेटिङमा जानुहोस् । त्यसपछि नेभिगेसन सेटिङमा गएर स्क्रोल डाउन गरी नाइट मोड अन्तर्गत म्यापमा डिस्प्ले कलर स्किम सेक्सन सेलेक्ट गर्नुहोस् । 

अफिसियल रेडिट एपले विभिन्न किसिमका डार्क मोड सेटिङ प्रयोग गर्छ र यसलाई एन्ड्रोइड टेन सिस्टम सेटिङले कन्ट्रोल गर्नसक्छ । तपाईंले यसको सेटिङमा गएर नाइट थिम सिधै इनेबल गर्न सक्नुहुन्छ ।

यो एपलाई दिनको समयमा वा ब्याट्री सेभर कुन मोड इनेबल गर्ने भनेर स्वचालित हुने गरी मिलाउन सकिन्छ । युट्युव एप पनि डार्क मोड इनेबल हुँदा धेरै राम्रो देखिन्छ । एप खोलेर यसलाई शक्रिय बनाउन सक्नुहुन्छ ।

यसका लागि प्रोफाइल आइनमा ट्याप गर्नुहोस् र सेटिङबाट जनरलमा गएर डार्क थिममा प्रवेश गर्नुहोस् । हालैको एन्ड्रोइड टेन सिस्टम सेटिङले युट्युवको डार्क थिमलाई कुनै प्रभाव पार्दैन । 

तपाईं स्ल्याकमा लामो समय बिताउनुहुन्छ ? यसमा पनि डार्क मोड प्रयोग गर्न सक्नुहुन्छ । तपाईसँग एन्ड्रोइड टेन डिभाइस छ भने यसलाई स्वचालित रुपमा परिवर्तन गर्नसक्नुहुन्छ । एपको सेटिङमा गएर पनि शिरानीको दायाँतर्फ कुनामा रहेको तीन वटा डट रहेको आईकनमा ट्याप गरी सेटिङ अप्सन खोल्न सक्नुहुन्छ । त्यहाँबाट तल तर्फ स्क्रोल गरेर डार्क मोडमा गएर टर्न अन गर्नुहोस् । 

टम्ब्लरले हालै अफ्नोएपलाई अपडेट गरेको छ । जसमा नयाँ कलर प्लेट फिचरमा तीनओट थिम थपिएका छन् । त्यसमध्ये एउटा डेडिकेटेड डार्क मोड हो । नयाँ थिम हेर्नलाई टम्ब्लर एप खोल्नुहोस् र प्रोफाइल आइकन क्लिक गरी सेटिङ आइनमा गएर जनरल सेटिङमा कलर प्लेट छनौट गर्नुहोस् । 

धेरै एपहरुमा डार्क मोड वा नाइट थिम हुन्छन् । यदि तपाईं सबैमा डार्क मोड चाहनुहुन्छ भने प्रत्येक एपको सेटिङमा गएर चेञ्ज अप्सनमा हेर्नुहोस् ।

गूगल फोटोमा पनि अहिले यो अप्सन रहेको छ । तपाईंको फोनमा एन्ड्रोइड पाई चल्छ भने तपाईले ब्युल्ट इन डार्क मोड इनेबल गर्न सक्नुहुन्छ । तर डिभाइस कसले वा कुन कम्पनीले बनायो भन्ने आधारमा प्रक्रिया फरक पर्न सक्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०