close

नोकियाको सीईओबाट सुरी बाहिरिँदै, अब को आउलान् ?

टेकपाना टेकपाना

फागुन १९, २०७६ १८:५४

नोकियाको सीईओबाट सुरी बाहिरिँदै, अब को आउलान् ?

काठमाडौं । नोकिया प्रमुख कार्यकारी अधिकृत राजीब सुरी सेक्टेम्बरबाट बाहिरिने भएका छन् । भारतीय नागरिक सुरी विगत १० वर्षदेखी नोकियामा संलग्न छन् ।

सेक्टेम्बर उपरान्त उनको स्थान फोर्टम ईनर्जी ग्रुपका प्रमुख कार्यकारी निर्देशक पेक्का लुण्डमार्कले लिने छन् । विश्वभर फाइभजी नेटवर्क विस्तारमा स्विडेनको एरिक्सन र चीनको ह्वावेसँग प्रतिस्पर्धा गरिरहेको नोकियाको नयाँ सीईओ बन्ने तरखरमा रहेका लुण्डमार्क यसअघि नोकिया नेटवर्कको स्ट्राटेजी एण्ड बिजनेश डेभलपमेन्टमा उपाध्यक्ष भइसकेका व्यक्ति हुन् ।

लुण्डमार्क सन् २०१५ देखि फोर्टमको प्रमुख पदमा रहेर काम गर्दै आएका छन् । उनले सन् १९९० र २००० को बिचमा नोकियाको विभिन्न प्रमुख पदमा रहेर काम गरिसकेका छन् । त्यस समय उनी नोकिया नेटवर्कको स्ट्राटेजी एण्ड बिजनेश डेभलपमेन्ट उपाध्यक्ष समेत थिए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०